फिरन्ते राउटे जातिका युवायुवती सुहागरात कसरी मनाउछन ? थाहा पाउदा सबै आश्चर्य चकित !
सामान्यतया गाउँ तथा शहरका युवायुवतीहरू प्रेमालाप गर्न विभिन्न पार्क , चलचित्र हल तथा मन्दिरहरूमा गएर भेटेर ख्याल ठट्टा गरी गफगाफमा समय बिताउँछन्, तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती भने कसरी रमाइलो गर्छन् होला ?
यो जिज्ञासा मेट्न गत दुई वर्षसम्म विभिन्न समयमा अहिलेको आधुनिक जमानामा पनि फिरन्ते जीवन विताउने नेपाली जाति राउटेसँग साक्षात्कार गर्ने क्रममा केही रोचक र सुन्दा पनि रोमान्चित बनाउने खालका प्रेम प्रसंगका कुराहरु समेटिएका छन् ।
अन्य समुदायमा जस्तै राउटे युवायुवतीहरू पनि आपसमा मन परापर भएपछि भेटघाट र रमाइलो ख्याल ठट्टा गर्छन्। भेटघाटका लागि टाढै जानुपर्ने अवस्था नभए पनि बसोबास गरेकै स्थानमा एक्लै भेटेर कुराकानी गर्छन् । युवतीहरु केटाह्ररुसग लजालु पाराले मस्केर नै आफना मनका भावनाहरु पोख्छन् ।
जंगलमा दाउरा लिन जाँदा, टहरा बनाउने काम गर्दा अनि चाडपर्वमा नाचगान गर्दा पनि उनीहरू भेटघाटको तालमेल मिलाउँछन्। राउटे समाजमा पुरुषह्ररु सामान्यतः नुहाउन मन नगर्ने भए पनि युवतीहरू भने नुहाएर सफा हुन्छन्, सकेसम्म सिँगारपटार गरेर आफूलाई चिटिक्क पाछ्र्रन्, जे जस्तो भएका गहना लगाएर आकर्षक देखिने पार्छन्।
कतिपय युवती त यति राम्र्र्र्र्र्र्र्र्रो चिटिक्क परेर पनि बस्छन् कि झट्ट हेर्दा उनीहरू राउटे समुदायका युवतीजस्ता होइनन् कि भन्ने भान पार्छन्। यस समुदायमा युवायुवतीबीच आपसमा मन परेर प्रेम भएपछि मागेर विवाह गर्ने चलन छ। उनीहरू अभिभावकहरूसँग कुरा गरेर विवाहको तयारी गर्छन्। सामान्यतः केटाकेटीले मन पराएपछि अभिभावकहरूले अस्वीकार गर्दैनन्।
छोराको विवाहका लागि मगनी गर्न अभिभावकहरूले केटीको घरमा ‘पाहुर’ लिएर जानुपर्ने चलन छ। पाहुरस्वरूप मह, मासु आदि मीठा खानेकुरा लिएर जाने प्रचलन रहेको मुखिया मैनबहादुर शाहीले बताए।
‘मह दिएर खुसी पारेपछि बुहारी पाइने सम्भावना बढी हुन्छ। शाहीका अनुसार ‘उपहार स्वीकार गरेपछि छोरी दिनुपर्ने हुन्छ। विवाह पक्कापक्कीजस्तो हुन्छ। ‘ विवाहमा केटा पक्षले केटीलाई गहनाहरू दिने चलन हुन्छ। सिल्पटका चुरा, कानमा रिङ, पोतेजस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले दुलहीलाई सिँगारिन्छ।
विवाहपछि सुहागरात कहाँ कसरी मनाउँछन् त रु ‘मिल्यो भने छुट्टै छाप्रो बनाएर बस्छौं। जंगलतिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छौं’ राउटे युवती मैना शाहीले लजाउँदै भनिन्— ‘केही दिन रमाइलो गर भनेर सबैले छोडिदिन्छन्। परिवार र मुखियाले पनि केही काम लगाउँदैनन्।’ केटाकेटीले आपसमा मन पराएपछि बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने चलन छ। भोजका रूपमा उनीहरू भात, मासु र जाँड बनाउँछन्।