अत्यन्तै दुःखद खबर; जुम्ल्याहा सन्तानलाई जन्म दिइन् तर आमाको ज्यान कोरोनाले लग्यो !

नेपालगञ्ज । बाँकेमा दुखद घटना भएको छ । कोहलपुर मेडिकल कलेजमा कोरोना भएकी एक आमाले जुम्ल्याहा सन्तान (छोरा र छोरी) जन्माइन् । तर आफूले जन्माएका सन्तानको अनुहार समेत हेर्न नपाई उनले सन्सार छोडिन् । जुम्ल्याहा बच्चा (छोरा र छोरी) को अवस्था भने सामान्य छ ।

आइतबार बिहानै यसरी ज्यान गुमाउने सुत्केरी महेन्द्रनगरकी २९ बर्षिया हुन् । कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनको उपचार कोहलपुर स्थित मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

महेन्द्रनगर-२ कञ्चनपुरकी संक्रमित महिलाको उपचारका क्रममा आइतवार विहान साढे चार बजे ज्यान गएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिए ।

सुत्केरी ब्य था लागेपछि उनी असोज १३ गते सेती प्रादेशिक अस्पताल धनगढी भर्ना भएकी थिइन् । उनले त्यसैदिन जुम्ल्याह बच्चाको जन्म दिएको परिवार श्रोतले जानकारी दिएको छ । उनको त्यसैदिन कोरोना परीक्षणका लागि लिएको स्वावको रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

तत्काल उनलाई कोभिड आइसोलेसन वार्डमा सारेर उपचार सुरु गरिएको थियो । तर र ग त बग्न नरोकिएपछि उनलाई १५ गते त्यहाँबाट रिफर गरेर मेडिकल कलेज कोहलपुर पठाइएको थियो ।

उनले समय नपुुगी जुम्ल्याहा लाई जन्म दिएकी थिइन् । उनको र ग त बग्ने क्रम पहिले पनि रहेको र सुत्केरी भै सकेपछि पनि नरोकिएको मेडिकल कलेजले जनाएको छ । उनको उपचारमा संलग्न डाक्टरहरुलाई उद्धृत गर्दै कोहलपुर मेडिकल कलेजका उपनिर्देशक डा. श्रेष्ठले भने, ‘सुत्केरी नर्मल भएपनि र ग त बग्न नरोकिएपछि सेतीमै पाठेघरको शल्यक्रिया गरिएको थियो, अवस्था सुधार नभएपछि कोहलपुरमा ल्याइएको थियो उनको उपचारकै क्रममा निधन भयो ।’
योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके ल्याइएका ९ जना संक्रमितको मृ त्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

सांकेतिक तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *