भोलिबाट यी जिल्लामा छोटो दुरीको सवारी साधन चलाउने प्रस्ताव।

जेठ-२४, चितवन । कोरोनाको कम जोखिम भएका जिल्लामा जेठ २५ गतेवाट छोटो दुरीका सवारी साधन सञ्चालन हुने भएको छ । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारलाई यस्तो प्रस्ताव गरेको हो ।

समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम ससंक्रमित भएका जिल्लामा जेठ २५ गतेवाट यातायात साधन सञ्चालन गर्न प्रस्ताव गरेको छ । लामो समय देखिको लकडाउनका कारण सर्वसाधारणको जनजिवन प्रभावित भइरहेको बेलामा समितिले यस्तो प्रस्ताव ल्याएको हो ।

कोरोनाको अत्याधिक जोखिम रहेका क्षेत्रमा मात्र लकडाउन कडा बनाइ कम जोखिम भएका क्षेत्रमा विस्तारै लकडाउन खुकुलो बनाउँदै लैजानु पर्ने प्रस्ताव समितिले गरेको हो ।

समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ, जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट अर्को जिल्लामा जान नपाइने गरी सञ्चालन गर्न दिने प्रस्ताव गरेको हो । सवारी साधन चलाउँदा पनि सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने छ । कोरोना फैलने जोखिम हुने भएकाले यातायात साधनमा भिडभाड गर्न पाइने छैन ।

यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव पनि समितिले गरेको छ ।
त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरु मात्र चढाउने गरी अन्तरिक हवाइ सेवासमेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ ।

तर, कोरोना सं’क्रम’णको सयभन्दा बढी केसहरु भएका जिल्लामा भने लकडाउन यथावत राख्नुपर्ने समितिको ठहर छ । यो प्रस्ताव मन्त्रीपरिषदले पारीत गरेपछि मात्र लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *