शान्ती श्रि परियारको मन छुने गीत (हेर्नुहोस भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै सन्दर्भमा चर्चित लोक दोहोरी गायक प्रदिप त्रिपाठिको ‘माया वसेसी’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित लोकप्रिय गायिका टिका सानुको उत्कृष्ट शब्द सृर्जना एवम् गायक प्रदिप त्रिपाठिको लय रचनामा रहेको गितमा लोकप्रिय चर्चित गायिका शान्ति श्री परियार र प्रदिप त्रिपाठिको सुमधुर आवाजमा सजिएको छ। गितमा समाजिक यथार्थ घटनालाई दर्शाईएको छ ।

उक्त गितको म्युजिक भिडियोमा सन्तोष देऊजा , सुनिता भण्डारी , प्रदिप तिवारी लगायत थुप्रै कलाकारहरुको मनछुने अभिनय रहेको छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ । भिडियो निरेन श्रेष्ठको निर्देशमा बाशु वरालको छांयकनमा , नविन सुनारको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *