अति नै पवित्र छ बागलुङ’कालिका’मन्दिर,कालिगण्डकीका नौ धारा’देखेमात्र’सोचको’फल’प्राप्त

बागलुङ । बागलुङको ऐतिहासिक प्रसिद्ध कालिका भ ग वती मन्दिर परिसरमा एकसय ६५ मिटर तल रहेको पवित्र कालीगण्डकी नदीको पानी ल्याइएको छ । सौर्य ऊर्जा र विद्युत् दुबैबाट ट्याङ्कीमा रहेको मोटरमा ऊर्जा प्रवाह गरी ‘पम्प’ मार्फत् मन्दिरको अग्रभागमा निर्माण गरिएको नौ धारामा पानी खसालिएको हो ।

कालिका मन्दिर आउने दर्शालु भक्तजनहरुलाई लक्षित गरी नौवटा धारासहित स्नान गृह पनि निर्माण गरिएको हो । मु स्ताङको मुक्तिनाथ देखी धार्मिक महत्वको साथ बगिरहेको कालीगण्डकी नदी र कालिका भगवती मन्दिरको ऐतिहासि क सम्बन्धलाई नौ धाराले थप सदृढ पार्ने कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।‘कालीगण्डकीको पानीले स्नान गर्ने चाहाने भक्तजनका लागि छुट्टै स्नानघर पनि निर्माण गरेका छौँ, त्यसबाहेक नौ धाराको दर्शनसहित पानीले शरीर स्नान गर्ने व्यवस्था मि लाइएको छ’ अध्यक्ष खड्काले भने ।

मन्दिरको प्रवेश गर्ने मुल गेट बाट अगाडि जाँदा बाटोको बाँया भागमा मन्दिरको उत्तर दिशामा निर्माण गरिएको नौ धारामा नौवटै देवीका स्वरुप झल्कने मूर्ति राखिएको छ । प्रत्येक देवीका मूर्ती मुनिबाट गाईको प्रतिमूर्ति रहेको धाराबाट पानी खसालिएको छ ।

मन्दिरमा प्रत्येक दिन बिहान कालीगण्डकीको जल चढाउ नका लागि पुजारीले नदीमै स्नान गरेर जल ल्याउनुपर्ने च लन थियो । मन्दिर परिसरमै कालीगण्डकीको पानी आए पछि मन्दिर व्यवस्थापन, पुजारी र भक्तजनलाई समेत सहज भएको खड्काले बताए ।

निरन्तर नौ धारामा’कालीगण्डकीको’पानी’आउने’हुँदा’यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा’टेवा’पुग्ने’विश्वास’लिइएको छ । मन्दिरमा’निर्माणाधीन’अवस्थामा’रहेको ‘नमुना’सौर्य’लिफ्ट’खानेपानी आयोजना अन्तर्गत ती निर्माण समितिले’जनाएको’छ’सरकारको’८० प्रतिशत कालिका गुठीको’२०’प्रतिशत’गरी’कुल’रु’दुई’करोड ६० लाखको लागतमा’सो’आयोजना’पुरा’हुन’लागेको हो । उक्त आयोजनाबाट’मन्दिर’क्षेत्रमा’दैनिक’२५’हजार’लिटर’पानी’आपूर्ति’हुनेछ ।

आगामी ५० वर्षलाई पुग्ने गरी आयोजनाको स्वरुप तयार गरिएको हो । मन्दिर परिसरमा हालसम्म ५० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण भइसकेका छन् । यही आयोजनाबाट मन्दिर परिसर आसपासका क्षेत्रका पुरानो खानेपानी आयोजना मर्मत, विस्तार र स्तरोन्नति समेत गरिने भएको छ ।

थप ६ वटा नयाँ धारा निर्माणसँगै गुठीको वन क्षेत्रमा हुने आगलागी र डढेलो रोक्न दुई हजार २०० मिटर परसम्म पानीको पाइप बिछ्याइने जनाइएको छ ।
नौधारा बाहेकका अन्य पूर्वाधार निर्माणको काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । बागलुङ कालिका मन्दिर अति नै धार्मिक महत्वको स्थान हो । यहाँ दर्शन गर्दा मात्रपनि सोचेको पुरा हुने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *