उनी रो’इक’राइ गरिरहिन्, स्कुटरसँगै ब्याग र छोराको कपडा पनि ज’लाइदिए

शारदा भट्टराई शुक्रबार रातभरि सुत्न सकिनन्। एक वर्षदेखि आफू कार्यालय जाने-फर्किने स्कुटर आँखै अगाडि ज’लाइएको घ’टनाले उनको मन पनि द’न्किइरहेको छ।

विगत आठ वर्षदेखि सरकारी सेवामा रहेकी शारदा गत वर्ष साउनदेखि तिलोत्तमा नगरपालिकाको शिक्षा अधिकृतको रुपमा कार्यरत छिन्। शुक्रबार दिनभरि नै नगरपालिकाको काममा व्यस्त बनेकी शारदा २-३ बजेतिर कार्यालयकै कामका लागि बुटवल गएकी थिइन्।

तिलोत्तमा नगरपालिकाले विद्यालयहरूका लागि नगर पाठ्यक्रम तयार गरिरहेको छ। शिक्षा अधिकृत रहेकी शारदा छापाखानाबाट पाठ्यपुस्तक समायोजनको काम सकेर साँझ घर फर्किंदै थिइन्।

शुक्रबार बिहान दाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउन प्रदेश सरकारले प्रदेशसभामा प्रस्ताव पेश गरेपछि दिउँसोदेखि त्यसको विरोध सुरू भइसकेको थियो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेको थियो।

सोही क्रममा प्रदेशका मन्त्रालय तथा विभिन्न समितिका पदाधिकारी चढ्दै आएका चार वटा सरकारी गाडी तो’डफोड गरिएका थिए।

शारदा पनि तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु१ब २४७० नम्बरको सरकारी स्कुटरमा थिइन्। मुख्य राजमार्गबाट फर्किंदा आन्दोलनरत् समूहले अवरोध गर्न सक्ने ठानी उनी भित्री सडक देवीनगर हुँदै आउँदै थिइन्।

होराइजन चोक नेर आइपुग्दा सडकमा टायर जलाइएको थियो। केही अगाडि १२-२५ जनाको समूहले प्रदर्शन गरिरहेको थियो।
आफ्नै सुरमा आइरहेकी शारदालाई समूहका एक जनाले स्कुटर अगाडि पुगेर रोके। संयोग नै मान्नुपर्छ, स्कुटर रोक्ने व्यक्ति शारदाले चिनेका थिए। चिनेको व्यक्तिले आफूलाई कुनै नो’क्सान नपुर्याउलान् भन्ने उनले ठानिन्।

‘मलाई सडकमा नरोक्नुस्,’ उनले अनुनय गरिन्।‘परिचय दिएपछि छोडिदेलान् भन्ने सोचेकी थिएँ, तर परिस्थिति उल्टो भइदियो,’ उनले भनिन्।

स्कुटरबाट भुँमा उत्रिएर पछाडि हेर्न के भ्याएकी थिइन्, आन्दोलनरत् समूहले स्कुटर डोर्याउँदै लगेर बलिरहेको टायरमाथि हालिसकेको थियो। उनले हात जोडेर स्कुटरको डिकीमा रहेको आफ्नो ब्याग र मोबाइल निकाल्न आ’ग्रह गरिन्, तर उनको आग्रह सुनिदिने त्यहाँ कोही थिएन।

दिन ढल्किएर साँझ पर्दै थियो। उनी सडकमा रुँदै चिच्चाउँदै स्कुटरभित्र आफ्ना महत्वपूर्ण कागजात, मोबाइल र नगदसमेत रहेकोले निकालिदिन आग्रह गरिरहिन्। ‘स्कुटरको डिकीमा मोबाइलसँगै ब्याग, लाईसेन्स, बैंकका एटिएम, केही नगद रकम थियो, सिलाएर ल्याएको छोराको कपडा पनि डिकीमै राखेकी थिएँ। हेर्दाहेर्दै सबै सामान ज’लेर ख’रानी भए,’ उनले भनिन्।

सडकमा आन्दोलनरत् समूहसँगै स्कुटरमा दनदनी आगो दन्किएको रमिता हेर्नेहरूको ठूलो भिड जम्मा भएको थियो। घटनाबारे नगरपालिकामा जानकारी गराउन त्यही भिडका केहीसँग मोबाइल माग्दा पनि नदिएको उनले गुनासो गरिन्।

‘अप्ठ्यारो परेको बेला मानिसहरूमा मानवीयता पनि हराउने रहेछ, १०-१२ जनासँग मोबाइलल मागेर फोन गर्न खोजें तर कसैले दिएनन्, कसैले व्यालेन्स छैन भने कसैले चार्ज छैन भने एक जना महिलाले मोबाइल दिनुभयो र नगरपालिकामा जानकारी गराउन पाएँ,’ उनले भनिन्।

शुक्रबार साँझ भएको घट’नाले अहिलेसम्म पनि झस्काइरहेको उनले बताइन्। ‘शुक्रबार साँझ घटना भएको र आज शनिबार बिदा भएकोले घरमै बसें, भोलि कसरी कार्यालय जाने हो डर लागिरहेको छ,’ उनले भनिन्।

उनले आन्दोलनरत् समूहले आफ्नो स्कुटर जलाइरहँदा अरु सरकारी सवारीसाधनलाई भने कुनै अ’वरोध नगरी जान दिएको र आफूलाई भने दु’र्व्यवहारसमेत गरेको बताए। ‘सरकारी र व्यक्तिगत सम्पत्ति जला’एको मात्र होइन, सडकमा उक्त समूहले म माथि दु’र्व्यवहार गरेको छ,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *