रेस्टुरेन्टकाे खानामा मानिसको दाँत भेटिएपछि…

एक चिनियाँ रेस्टुरेन्टमा मानिसको दाँत भेटिएको छ । एक दम्पत्तिले मगाएको खानामा दाँत भेटिएपछि लफडा नै भएको छ । स्टिफनी म्याकडोनघ र डेविड बरोजले होम डेलिभरी गरेको खानामा मानिसको दात भेटिएको हो । खानामा मानिसको दाँत भेटिएपछि अनुसन्धान अघि बढेको छ

रेस्टुरेन्टका म्यानेजरले आफ्ना सबै कर्मचारी डीएनए परीक्षणका लागि तयार भएको जनाउँदै सो दात आफ्ना कर्मचारीको नभएको बताएका छन् ।अनुसन्धान पछि उक्त रेस्टुरेन्टको सरसफाइमा कुनै पनि नियम नतोडिएको आधारमा कारवाहि नगरिने भएको छ ।

अनुसन्धानमा रेस्टुरेन्टविरुद्ध केहि प्रमाण नभेटिएपछि म्याकडोनघ र बरोजलाई निःशुल्का खानाका साथै पैसा फिर्ता गरिने भएको थियो । तर, रेस्टुरेन्टले लापरवाही गरेको बताउदै उक्त जोडीले सो प्रस्ताव अस्विकार गरेको छ । सबै कर्मचारीको दाँत परीक्षण गरिएपनि उक्त दात कसैको नभएको म्यानेजरले बताएका छन् ।
एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *