प्रकाश सपूत र केकी अधिकारी नयाँ गीत सार्वजनिक (भिडियो हेर्नुहोस् )

काठमाडौं / नायिका केकी अधिकारी र गायक प्रकाश सपुत अभिनित गायिका अमृता नेपाली र गायक यज्ञ विश्वकर्माको आवाजमा रहेको ”ए माइली” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको माया र प्रेम लाई गीतमा समेटिएको छ ।

रमेश परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफ्नी मायालुलाई भुल्न नसक्ने कुरा लाई गीतमा ब्यक्त गरिएको छ । कृष्ण विश्वकर्माको एरेन्ज तथा खड्ग बाजुरालीको मिक्सिङ गीतमा छ ।

शुशिल डाँगीको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा पछिल्लो समयमा चर्चाको शिखरमा रहेका अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । ”ए माइली” गीतको भिडियोमा बालकलाकारको रुपमा अनुरोध थापा र न्यायधिष विक्रम शाहीको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *