७७ वर्षीया वृद्धामाथि यो कस्तो ब’ज्रपात? तीन वर्षमा तीन छोरा गुमा’इन्

पाल्पा : वृद्धावस्थामा छोराको ला’स देख्नुपर्दा कस्तो होला? त्यसमा पनि तीन–तीन जना छोरा आफ्नै अगाडि गुमाउँदा वृद्ध मनमा कस्तो आघात प¥यो होला? सम्झँदा पनि क’हालि लाग्छ। 

तर यो वास्तविकता हो। रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीस्थित डबकाकी ७७ वर्षीया विष्णु कुमारी लम्तरीको जीवनमा यस्तै भएको छ। जीवनको उत्तरार्द्धको समय, एकपछि अर्को गर्दै तीन छोराको मृ’त्युले उनी अहिले मूर्च्छित छिन्। 

केही समयअघि बारीको बीचमा एक पुरुषको शव फेला प¥यो। वरिपरि मानिसहरूको भीड थियो। एकातर्फको भीडमा गहभरि आँसु लिएर रोइरहेकी थिइन्, उनै ७७ वर्षीया लम्तरी।
​२१ वर्षअघि श्रीमान् गु’माएकी उनले जीवनमा कहिल्यै खुसी देख्न पाइनन्। जीवनका हरेक उकाली ओरालीमा पौठेजोरी खेल्दै आएकी उनले अहिले अल्पायुमै माहिलो छोरा गु’माइन्। बारीमा अलपत्र फेला परेका ती पुरुष उनकै जेठा छोरा थिए। जो बनाउँदै गरेका गोठ भ’त्किएर पुर्दा बितेका थिए।

दुई वर्ष पहिले परिवारलाई स’हारा दिने माहिलो छोरा पदमको भारतमा मृ’त्यु भएको थियो। त्यहाँको एउटा स्कुलमा जागिर गर्दै आएका उनको हृदयघातका कारण मृ’त्यु भएको थियो। घ’टनाले परिवारमा बि’चल्ली भयो। उनको मृ’त्युपछि परिवारलाई बिहान–साँझ छाक टार्नसमेत समस्या पर्दै आएको थियो। 

जसोतसो दुःखका दिन भुल्न थालेकी विष्णु कुमारीको जीवनमा एक वर्षपछि फेरि यो बज्रपात निम्तियो। गत सालको फागुनमा साहिँलो छोरा कपिल गुमाएकी वृ’द्धालाई यो सहिनसक्नुको पीडा थियो। कपिल उपचारै नपाएर जण्डिसले बितेका थिए।

आर्थिक अभावका कारण उनले अकालमै मर्नु पर्यो।डबकास्थित घरबाट उपचारको खोजीमा तानसेनतर्फ पैदल आउँदै गरेका उनको बीच बाटोमा मृत्यु भएको थियो। जुन बेला उनी पिच सडकमा नै पैदल हिँडेका थिए। 

गाडी भाडासमेत नभएर उनी पैदल हिँडेका थिए। उपचारकै लागि भौंतारिएका उनी बीचबाटोमा मृत फेला परेका थिए। यो खबरले विष्णु कुमारी अचेत हुन पुगेकी थिइन्।
जेठो छोराको मुख हेरेर जसोतसो मन सम्हालिरहेकी थिइन्।

तर आँशु सुक्न नपाउँदै कहालिलाग्दो यो घटनाले उनको वृद्ध जीवनलाई पहाडले थिच्यो। साहिँलो छोरा बितेको वर्ष दिन नहुँदै जेठो छोरा बित्यो। 

छिमेकमा मजदुरी गर्न गएका जेठो छोरा हरिबहादुर गोठ भत्किएर पुरिए। ५५ वर्षीय उनको पाँच दिनअघि सोमबार दिउँसो काम गर्ने क्रममा पुरिएर मृ’त्यु भएको हो। 

बिहान घरमा घाँसपात र गोठालो काम सकेर मजदुरी गएका छोराको मृत्यु भएको खबरले विष्णुकुमारी अर्धचेत अवस्थामा छिन्। सिंगो परिवार नै अहिले बेहाल अवस्थामा छ।
पाकिसकेको मकैको रोटी र सिस्नुको तरकारीसमेत खान नपाएकी विष्णुको अवस्था यस्तो थियो कि हेर्ने नै भक्कानिन्थे। ‘मकैको रोटी राख्देऊ है आमा, म काम सकेर आउँछु र खान्छु भनेको थियो’, उनले सम्झँदै रुँदै भनिन्, ‘अब म कसको लागि बाँचू।’ 

हरिबहादुरको मृ’त्युपछि यो परिवारलाई अहिले दुइ छाक टार्न धौधौ हुने भएको छ। निकै दुःख गरेर परिवार पाल्दै आएका उनको मृत्युले परिवार विक्षिप्त त छँदै छ, छाक टार्न नै स’मस्या भएको छिमेकी कृष्णबहादुर रेग्मीले बताए। 

हरिबहादुरसँगै ढुंगा बोक्न गएका उनकी छोरी र बुहारी भने संयोगले बाँच्न सफल भए। उनीसँगै काम गरिरहेका छोरी र बुहारी ढुंगा बोक्न खरबारीतिर गएको केही समयमा नै हरिबहादुरलाई गोठ भत्किएर पुरेको थियो।
छोरी र बुहारीले बोकिरहेको ढुंगाले उनले गारो लगाइरहेका थिए। त्यही लगाएको गारोलाई सपोट दिने क्रममा पूरै गोठ भ’त्किएर उनलाई पुरेको हो। 

हरिबहादुरकी आमा, श्रीमती, एक छोरा, दुई छोरी, बुहारी र सानो नाति छन्।
करिब २५ वर्षका विवाहित छोराले बुवासँगै मजदुरी गर्दै आएका थिए। कोरोना महामारीको बेला काम गर्नसमेत नपाएको परिवारलाई अहिले घरखर्च चलाउनसमेत स’मस्या परेको छ।(थाहा खबर बाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *