सारा, श्रद्धा’र दिपिकाको फ्यानको लागि खुशीको खबर !

वंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उत्पन्न ड्र ग्स प्रयोग प्रकरणमा मुछिएका अभिनेत्रीहरुसँग ‘नार्कोटिस कन्ट्रोल ब्यूरो’ (एनसिबी) ले बयान सकाएको छ । पछिल्लो दुई हप्तायता लगातार मेडलाइन बनिरहेको यो प्रकरणमा मुछिएका अभिनेत्रीहरुले अब भने राहतको स्वास फेर्ने वातावरण बनेको बलिउड मिडियाले लेखेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

एनसिबीसँगको सोधपुछमा संलग्नता देखिएका दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अलि खान, राकुलप्रित सिंहसँगै दीपिकाकी मेनेजरसहित सबैले एकै प्रकारको बयान दिएको बताइएको छ जसले उनिहरुले ड्र ग्स प्रयोग गरेको कुनै प्रमाण नभेटिएको दाबी गरिएको छ ।

दीपिका र मेनेजर करिष्मा प्रकाशले ला गु औषधको कोड नाम उल्लेख गरेर चुरोटलाई सम्बोधन गर्ने गरेको र त्यससम्बन्दि च्याटलाई नै लिएर यो सबै कुरा निस्केको बयान दिएका छन् । रमाइलोको लागी तल्लो क्वालिटिको चुरोटलाई ‘मा ल’, मसिनो प्रकारको चुरोटलाई ‘वीड’ को कोड दिएर कुराकानी मात्रै गर्ने गरेको उनिहरुले बताएका छन ।

सबै अभिनेत्रीले दिएको बयानलाई लिएर एनसिबीले थप छानबिन आवश्यक नरहेको निष्कर्षमा पुगेकोले सम्बन्धित चारै अभिनेत्रीहरुले ‘क्लिन चिट’ पाउने दाबी बलिउड मिडियाले गरेका छन् । एनसिबीले सबै अभिनेत्रीको मोबाइल जफत गरेर अनुसन्धान गर्दा पनि यो सम्बन्धि कुनै प्रमाण फेला नपरेको बताएको छ ।

उता सुशान्तकी प्रेमिका भनिएकी रिहा चक्रवर्ती र उनका भाइ शोविक चक्रवर्ती भने अक्टुवर ६ सम्मलाई हिरा सतमा नै रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *