बली दिन भारत लैजादै गरेको अवस्थामा सप्तरीका दुई किशोरीको नेपाल भारत सीमाबाट उद्दार

इनरुवा, १४ असोज । बली दिन भारततर्फ लैजादै गरिएकी दुई किशोरीको नेपाल भारत सीमाको भाण्टावारी नाकाबाट उ द्दार गरिएको छ ।

सुनसरीका प्रहरी प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार सप्तरी घर भएका ती किशोरीहरुलाई भारततर्फ लैजादै गरिएको अवस्थामा भारतसँग सीमा जोडिएको सुनसरीको भाण्टाबारी ना काबाट उ द्दार गरिएको हो ।

कार्कीका अनुसार नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट उनीहरुको उ द्दार गरेको हो । शं का लागि सो धखोज गर्ने क्रममा किशोरीसंगै रहेका २ पुरुषलाई अ नुसन्धानकालागि नि यन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रवक्ता कार्कीका अनुसार उ द्दार गरिएकामा १९ वर्षीया किशोरीसँगै अन्दाजी २२ वर्षकी अर्की किशोरी समेत छिन् । प्रहरीले किशोरीसँगै रहेका २ जना पुरुषलाई प्रहरीले नि यन्त्रणमा लिएको छ ।

प्रहरी नि यन्त्रणमा रहेका एक पुरुषले भने प्रहरी समक्ष आफु किशोरीको आफन्त रहेको बताएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाको लागि भारत लैजाने सहमति अनुरुप आफू उनीहरुको सुरक्षाकाको लागि संगै आएको भनी प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ ।

यद्यपि सो विषयमा समेत अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार उ द्दार गरिएका युवतीहरुले आफुहरुलाई सिमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाकालागि भनेर ल्याइएको प्रहरी समक्ष बताएका छन् ।

उनीहरुले प्रहरीलाई जानकारी गराए अनुसार भारत तर्फ लैजानु पूर्व उचाई समेत नापिएको थियो । त्यसैगरी हातको रेखा समेत हेरी पुजाका लागि योग्य भनि ठहर गरिएको थियो ।

प्रहरीलाई उनीहरुले दिएको जानकारी अनुसार सिमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजामा ध्यानमा बसे वापत १,२ लाख रकम दिने भनिएको थियो । किशोरीहरुलाई पुजामा ध्यानमा बस्ने सर्तमा लगेको देखिएकाले उनीहरुलाई बलीका लागि लगिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीको परिवारलाई आर्थिक प्रलोभन देखाई पूजाका लागि भनी भारत तर्फ लैजादै गरिएको देखिन आएको छ । प्रवक्ता कार्कीका अनुसार चौधरी थर भएका युवतीहरु निकै सोझा छन् । नि यन्त्रणमा रहेका पुरुष र उनीहरुको संलग्नतासहित घ टनाको विषयमा थप अ नुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले किशोरीसँगै रहेका सप्तरीका साहिल मन्सुरी र सिरहाका जीवन साहलाई अ नुसन्धानकालागि नि यन्त्रणमा राखेको राखेको जनाएको छ ।
अमर काफ्ले,

Leave a Reply

Your email address will not be published. Required fields are marked *