सुनसरीबाट भारतमा पूजामा ब’लिदिन २ युवती लग्दै गर्दा समातिएकाको बयानले प्रहरी झस्कियो

सुनसरी । ललाई फकाई प्रलोभनमा पारी २ जना युवतीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका–४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका–१९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन् ।

स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका–८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर–१२ वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले भारत सुपौल भिमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसे वापत पारिश्रमिक पाउने, कुनै दुःख विमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनि प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तर पक्राउपछि आएको बयानले प्रहरी नै चकित बनाएको छ । उनीहरुले उक्त युवतीहरुलाई बाबाको पूजामा ब’लिदिन लगेको स्वीकारेका छन् । भारतका केही स्थानमा अझैपनि अद्भूत दैवि शक्ति प्राप्त हुने र सबैको उद्धार गर्ने अन्धविश्वासका कारण मानवब’लिदिने चलन कायमै रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *