निःसन्तानलाई सन्तान दिने , जोडी नभएका युवा युवबतीलाई जोडि मिलाइदिने , दुप्चेश्वर महादेव

निःसन्तानलाई सन्तान दिने , जोडी नभएका युवा युवबतीलाई जोडि मिलाइदिने, जनविश्वासले प्रसिद्वि पाएको नुवाकोटकै चर्चित र प्रमुख धार्मिक पर्यटकीयस्थल दुप्चेश्वरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेलामा यस वर्ष डेढ लाख जनाले मेला भरेका छन्।यस वर्ष मेला साताव्यापी रुपमा लागेको थियो।सदरमुकाम विदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ अर्थात् साविकको राउतबेशी गाविस वडा नं. ८ स्थित तादी खोलाको किनारामाथिको पहरोमा रहेको दुप्चेश्वरमा यो वर्षको मूख्य मेला आइतबार सम्पन्न भएको छ ।

यस वर्ष मेलामा भक्तजनहरुको संख्या गत वर्षको भन्दा २५ प्रतिशत वृद्धि भएको मेला आयोजक समितिले जनाएको छ।
मेलामा सात दिनसम्म एक लाख ३० हजारले सहभागिता जनाएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।उनका अनुसार मेलामा सबै किसिमका मानिसहरु आएर दुप्चेश्वरमा पुजापाठ गर्नुका साथै दूध तथा नाम्लो चढाएका छन्।यस मेला शिवरात्रीपछिको नेपालको दोश्रो ठुलो मेला हो।दोस्रो पशुपतिनाथले चिनिने यो मन्दिरमा धान्यपूर्णिमाको अवसरमा एक सातासम्म विशेष मेला लाग्ने पुजारी भगवानहरि धितालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *