काठमाडौंमा म हा मा री हुँदा स्थानिय नेवारलाई देश निकाला गर्ने राजा अनि उनिहरुको र’क्षा गर्ने शितला माजू (भिडियो हेर्नुहोस )
कोरोना भा’इरस म हा मा री बेला म तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौं उपत्यकामा फैलिएको यस्तो म हा मा री कथा सुनाउँदैछु, जसको ठूलो मूल्य चुकाउनुपरेको थियो यहाँका नेवारहरूले।उक्त म हा मा री का कारण तत्कालीन शासकले काठमाडौंका नेवार परिवारलाई ठूलो संख्यामा चार भञ्ज्याङ कटाएका थिए।
खासगरी नाबालक बालबच्चा भएका परिवारलाई पूर्वमा तामाकोशी र पश्चिममा मर्स्याङ्दीपारि खेदिएको थियो।पूर्वतिर लागेका नेवार भोजपुर, चैनपुर र धनकुटा तथा पश्चिम लागेकाहरू गोरखा, लमजुङ, तनहुँ र कास्कीसम्म पुगेको इतिहासकार बताउँछन्।यो विक्रम सम्बत् १८५४ को कुरा हो।
त्यति बेला रणबहादुर शाहको शासन थियो। इतिहासकारहरूले उनलाई सन्की, हठी, दुर्बल र रसिक राजाका रूपमा चित्रण गरेका छन्।बाबुराम आचार्यले उनको व्यक्तित्व वर्णन गर्दै ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा लेखेका छन्– ‘यिनी हँसमुख स्वभावका थिए। स्वर पनि मिठो थियो। सितार बजाउनमा सिद्धहस्त थिए। जीउडाल पातलो थियो। स्वास्थ्य प्रायः कमजोर रहन्थ्यो। यिनी बराबर बिरामी पर्थे। घोडा चढ्न डराउँथे र प्रायः मानिसका पिठ्यूँमा सवार भई यताउति घुमफिर गर्थे।’भिडियो हेर्नुहोस