गा’ली’ र ताली दुवैको बीचमा चम्किएकी ज्योतिलाई देखेर रोए जजहरु, भावुक भईन् ज्योति पनि , भिडियो सहित

काठमाण्डौ । ज्योति मगर यो नामलाई नचिन्ने सायदै छैनन् भन्दा फरक नपर्ला । ज्योतिलाई लोकगीत संगीतको क्षेत्रमा ह’ट लोक गायिका भनेर चिनिन्छ । जुन समयदेखि ज्योतिले गीतसंगीतको क्षेत्रमा संघर्ष शुरु गरिन् त्यही समयदेखि नै उनी उदाउन थालेकी हुन् । धेरै यस्ता कलाकारहरु छन् जस्को संघर्षको दौडानमा कुनै पहिचान नै हुँदैन । तर ज्योति उनको शुरुवाति संघर्षको दिनहरुबाटै चम्कन थालेकी हुन् । र चम्कने हरेक बस्तु नै मानिसको आखाँमा पर्ने गर्दछ ।

ज्योति त्यही चम्कने बस्तु जस्तै बनिरहिन् यो गीत संगीतको क्षेत्रमा । गाउँबाट काठमाण्डौ प्रवेश गरेकी ज्योतिले अरुको तुलनामा आफुलाई अलि फरक रुपबाट चिनाउन रुचाईन् भन्दा पनि खासै फरक नपर्ला । किनभने उनले गाउँमै बसेर काठमाण्डौ शहरको धेरै कुराहरुलाई मुल्याकंन गरि सकेकी थिईन् । त्यसैले उनले जानिसकेकी थिईन् कि यदि कुनै काठमाण्डौ गईएछ भने कसरी आफुलाई स्टाब्लिस् गर्नुपर्छ भन्ने । र ज्योतिले त्यही गाउँमा बसेर बुनेका योजनाहरुलाई काठमाण्डौ प्रवेश गरेर व्यावहारमा उतारीन् ।

आफुले देखेको सपना पुरा गर्न ज्योति जसरी शिलशिलबद्ध तरिकाले लागिन् ती दिनहरुमा सहज थिएन उनकालागी ती कुराहरुलाई सजिलै स्वीकार गर्न । तर पनि उनले हार मानिन् र एउटा बोल्ड अवतारमा लोकगीत संगीतमा पनि ग्लामरस्लाई जीवित राख्न उनी सधैं महिलाको पक्षमा उभिरहिन् । ज्योतिको यही अडान् र प्रस्तुतीमा लाखौंको भिडमा पनि उनको बोल्ड पहिचान बनि नै रह्यो । आफ्नो अडान्मा अडिग रहेर आफुलाई जोगाई राख्न उनले जीवनमा धेरै अवसरहरु पनि गुमाउनु परेको छ । तर पनि उनी ती अवसरहरु गुमाउनु पर्दा निराश भएर फेरी गाउँ फर्किनन् । बरु उल्टै अझैं दहरिलो भएर यही काठमाण्डौ शहर र लोक गीतसंगीतको दुनियाँमा टिकी रहिन् ।

पारिवारिक जीवनमा धेरै नै दुःख देखेर भोगेर परिपक्क बनेकी र आफ्नो व्यक्तिगत जीवनमा पनि धेरै कुराहरु सहेकी ज्योतिले पहिचानको लडाई आफै गर्ने अठोटका साथ काठमाण्डौ जब छिरिन् तब उनी लाके गायन क्षेत्रमा एउटा स्टारको रुपमा उदाईन् । सानै उमेरदेखि सिर्जिएको ज्योतीको कलाको यात्राले उनलाई काठमाण्डौहुँदै विदेशसम्म पुर्याएको छ ।

प्रतिभाकी धनी उनै ज्योति हिजो आज डान्सींग वीड द स्टारस नेपालमा आफुभित्र रहेको अर्को प्रतिभालाई देखाउनकालागी सहभागी भएकी छन् । त्याहाँ ज्योतिको कोरियोग्राफरका रुपमा लाहुरे रहेका छन् । जब कोरियोग्राफर लाहुरेले ज्योतिलाई डान्समा सहयोग गरे तब ज्योतिको कसैले पनि नसोंचेको एउटा प्रतिभा देख्ने मौका पाए । डान्सींग वीड द स्टारस नेपालको त्यो स्टेजमा जब ज्योति र लाहुरेको प्रस्तुति जजले देखे तब तीनै जना जजहरु दंग नै परे । जज मात्र हैन ज्योतिको त्यो प्रस्तुति हेरेपछि अहिले उनको प्रतिभाको देश विदेश चारैतिर चर्चा भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *