राजेन्द्रले सम्झनाको ज्यान लिए र बगरमा यस्तो सायरी लेखे

काठमाडौ । १२ बर्षिया बालिका सम्झना कामीको ज्यान लिएको आ रो प लागेका राजेन्द्र बोहोराले अन्नत घटना स्वीकारेका छन् । बझाङ जिल्ला, मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराले घटना स्वीकार गरेका हुन् । उनले गत हप्ता सोही ठाउँकी १२ वर्षीया सम्झना कामीको ज्यान लिएका थिए । त्यही दिन पक्राउ परेका बोहराले आठ दिनपछि बुधबार प्रहरीसामु घटना स्विकारेका हुन् ।

गोठ हिँडेकी सम्झनालाई खिकाला गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला जं ग लबाट नियन्त्रणमा लिएर ज्यान लिएको उनले साविती बयान दिएका छन् । उनले मन्दिरभित्र रहेको त्रि शू ल र घ नले हा नेर ह त्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् ।

मन्दिरको शौचालय र गोलघरको निर्माण कार्य भइरहेकाले घ न लगायतका सामान त्यहीं राखिएको थियो र बोहराले त्यसैको प्रयोग गरेका थिए । यति गरिसकेपछि केही नभएको झैं गरेर जं ग ल गएर ओखर खा ए को र बगरमा सायरी लेखेको प्रहरीलाई बयान दिएका छन् । यो क सु र राजेन्द्रको पहिलो भने होइन ।

यसैबीच, गृह मन्त्रालयले सम्झनाको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको मौखिक जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार सम्झनाको परिवारलाई राहत उपलब्ध गराउने विषयमा सुदूरपश्चिम प्रदेश सरकार पनि छलफलमा रहेको छ ।

यस्तो सहमति पछि आठ दिनपछि भयो सम्झनाको अन्त्यष्टि
काठमाडौ । मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि अन्त्यष्टि गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन् ।

शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताए । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव बुझ्ने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई रु १० लाख दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *