सवारी साधनमा यस्तो नयाँ नियम लागु

काठमाडौँ । यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण प्रस्थान वा गन्तव्यमा रहेको विभागअन्तर्गतको कार्यालयबाट गराउन अनुरोध गरेको छ ।

विभागले बुधबार सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक वा मालवाहक सवारी साधनलाई विभागअन्तर्गतको कार्यालयमा परीक्षण गर्न अनुरोध गरेको छ । प्रस्थान, गन्तव्य वा बाटामा सङ्घीय विभागअन्तर्गतको सवारी परीक्षण कार्यालय नहुँदा सवारीधनीले प्रदेश सरकारको यातायात व्यवस्था कार्यालयबाट परीक्षण गर्न सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्क’गत’असार’२९’को निर्णयानुसार’साउन’१’देखि’सो’नियम’लागु’गरिएको’हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को’कार्यालयबाट प्रदेशका मुख्यमन्त्री कार्यालयमा’यससम्बन्धी’पत्राचार’भइसकेको छ ।

सवारीसाधनका’सबै’किसिमका’परीक्षण’नभएको’पाइएमा’विभाग’र’ट्राफिक’प्रहरीले’कडाइका’साथ’अनुगमन’गर्ने’उल्लेख’छ । सो’व्यवस्थाको’उल्लङ्घन’भएको पाइएमा’सवारी’तथा’यातायात’व्यवस्था ऐन, २०४९ अनुसार’कारवाही’हुने’उल्लेख’छ ।

संविधानअनुसार’सवारी’साधनको व्यवस्थापनको जिम्मेवारी तीनै’तहका’सरकारलाई’दिइएको’छ । एउटै’पालिकाभित्रका’सवारी’साधनको व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, प्रदेशभित्रको’प्रदेश’सरकार र दुई वा’सोभन्दा’बढी’प्रदेशमा’चल्ने सवारी साधनको व्यवस्थापनको जिम्मेवारी’सङ्घीय’सरकारको’हुने’उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *