आफन्तलेसातापछिबुझेबझाङकीसम्झनाकोलाशसँगै१०लाखरुपैयाराहत

कञ्चनपुर । व’लl’त्क’lरपछि ह’त्य’l’ गरिएकी बझाङकी वालिका सम्झना कामीको लाश आफन्तले एक हप्तापछि बुझेका छन्। बुधबार अ’पर’lधी’लाई कानुनी कारवाही गर्ने र पीडित परिवारलाई राहत दिने सहमतिपछि आफन्तले लाश बुझेका हुन्।

बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कार्कीका अनुसार मंगलबार सार्वजनिक गरिएका अभियुक्तलाई हदैसम्मको कानुनी का’रवाही गर्ने र पीडित परिवारलाई राहत स्वरुप १० लाख रुपैया दिने सहमति भएको छ। गृह मन्त्रालयले पीडित परिवारलाई १० लाख दिने जानकारी प्राप्त भईसकेको उनले बताए।

बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना का’मीको गत बुधबार व’लl’त्क’lर’पछि ह’त्य’l भ’एको थियो। प्रहरीले अभियुक्तका रुपमा मंगलबार सोही गाउँका राजेन्द्र बोहोरालाई सार्वजनिक गरेको थियो। अभियुक्त सार्वजनिक भएको दोस्रो दिन आफन्तले लाश बुझेर दा’हसं’स्कार गर्न सहमत भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *