इंग्ल्यान्डले प्रशिक्षणमा नबोलाएपछि…

इंग्ल्यान्डका तीव्र गतिका बलर लियाम प्लङ्केटले भविष्यमा अमेरिकाबाट खेल्ने बताएका छन्। ३५ वर्षीय प्लङ्केट इंग्ल्यान्डले हालै प्रशिक्षणका लागि बोलाएका ५५ खेलाडीको सूचीमा परेका थिएनन्।इंग्ल्यान्डले गत वर्ष विश्वकप जितेपछि प्लेङ्केटले राष्ट्रिय टिमबाट समेत खेलेका छैनन्।अहिले इंग्ल्यान्डको ५५ जनाको सूचीमा नपरेपछि प्लङ्केटले अमेरिकाबाट खेल्ने बताएका हुन्।अमेरिकी नागरिकसँग विवाह गरेका कारण उनको अमेरिकाबाट खेल्ने बाटो खुला छ।

‘मैले त्यहाँ क्रिकेट खेले भने राम्रो हुनेछ,’ उनले भनेका छन्,’मेरा सन्तान अमेरिकन हुनेछन्। त्यसैले मैले उनीहरुलाई आफूले इंग्ल्यान्ड र अमेरिकाका लागि खेलेको थिएँ भन्दा एकताको सन्देश जानेछ।’अमेरिकाले गत वर्ष एकदिवसीय मान्यता पाएको थियो। एकदिवसीय मान्यता पाएपछि अमेरिकाले वेस्ट इन्डिजका व्याट्सम्यान जाभियर मार्सल र दक्षिण अफ्रिकाका रस्टी थेरोनलाई राष्ट्रिय टिममा समावेश गरिसकेको छ। अमेरिकामा करिअर बनाउने योजना बनाइरहेका प्लेङ्केटले अमेरिकाको राष्ट्रिय टिमबाट खेल्नका लागि तीन वर्ष त्यहाँ बसेको हुनु पर्नेछ। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *