इजरायलमा नेपालीका लागि रोजगारी खुल्यो , ५०० कामदारको माग, यती धेरै तलब….?

इजरायलले पहिलोपटक नर्सिङ क्षेत्रका लागि संस्थागत रूपमा पाँच सय नेपाली लैजाने भएको छ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहनेछन् ।कूल २५ सय जना श्रमिक लैजाने नीतिअनुरुप इजरायलले पाँच सय नेपालीलाई अवसर दिन लागेको हो । यसका लागि नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने ।सहमति जुटेको छ । यो सहमतिसँगै स्याहारसुसार केन्द्र (केयर सेन्टर) मा नेपाली श्रमिक जाने बाटो खुलेको छ । यसअघि घरमै बस्ने गरी केयर गिभरका रूपमा नेपालीलाई लगिएको थियो । अब अस्पतालको काममा लैजान लागिएको हो ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार यससम्बन्धी सम्झौतामा असोज १४ गते नेपालका तर्फबाट राजदूत अन्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्खेनाजीबीच हस्ताक्षर हुनेछ । शाक्यलाई श्रम सम्झौतामा हस्ताक्षर गर्न ।

मन्त्रिपरिषद्को बैठकले अख्तियारी दिइसकेको छ । नर्सिङ क्षेत्रमा २५ सय श्रमिक लैजाने इजरायलको नीति छ । त्यसमा नेपालबाट ५ सय जना लैजान लागिएको हो,’ श्रम सम्झौताको तयारी बैठकको नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले कान्तिपुरसँग भने, ।

संस्थागत रू p मा केयर गिभर पठाउने सहमति भए पनि आवश्यकताअनुसार अन्य क्षेत्रमा पनि श्रमिक पठाउने वातावरण बनेको छ । एसएलसी उत्तीर्ण गरी १५ महिने स्वास्थ्य सेवासम्बन्धी अध्ययन ।

गरेका वा १२ कक्षा उत्तीर्ण भई तीनमहिने केयर गिभरसम्बन्धी तालिम लिएका अंग्रेजी बोल्न सक्नेले इजरायलका लागि आवेदन दिन सक्नेछन् । ‘धेरै छिटो श्रमिक लैजान इजरायल आतुर देखिन्छ ।

श्रमिक छनोट प्रक्रियाको कार्यविधि पारित हुनासाथ भर्ना प्रक्रिया अगाडि बढ्छ । यो काम एक महिनाभित्रै सुरु हुने सम्भावना छ,’ उनले भने । इजरायल जाने सबै खर्च भने श्रमिक आफैंले व्यहोर्नुपर्नेछ ।

स्वास्थ्य परीक्षण, कल्याणकारी शुल्क, बिमा, टिकटलगायतको खर्च श्रमिकले नै व्यहोर्नुपर्ने दाहालले बताए । ‘यसका लागि एक लाख रुपैयाँभन्दा बढी लाग्ने देखिँदैन,’ उनले भने ।

सरकारी प्र क्रियामार्फत भर्ना प्रक्रिया हुने कोरिया जाने श्रमिकले पनि लागत खर्च आफैं व्यहोर्नुपर्छ । कोरिया जानेको लागत खर्च झन्डै ८५ हजार रुपैयाँ आउँछ ।

तलब मासिक १५ सय डलर प्राप्त हुनेछ । त्यसमा खाना र आवासबापतको ३ सय १० डलर कट्टा हुनेछ,’ उनले भने, ‘तलबलगायत अन्य सेवासुविधा पाउने सुनिश्चित गरिएको छ ।’ इकान्तिपुर दैनिकमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *