पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, असोज १५ गते बिहिबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको संभावना छ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुनाले उत्साह बढ्नेछ । विस्तारै सोचेको काम बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोचेको काम पनि नबन्न सक्छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आय आर्जनका स्रोत बढ्नेछन् । व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । खर्च लागे पनि दिगो आयस्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *