सिरी ए खेल तालिका सार्वजनिक

एजेन्सी । सिरी ए सिजनका बाँकी खेल तालिका सार्वजनिक गरिएको छ । यससँगै इटालियन लिग आधिकारीले स्थायी मिति र किक–अफ समयको निर्धारण गरेका छन् ।कोरोना भाइरस महामारीका कारण स्थगित भएको सिरी ए तीन महिनापछि पुनः सुरु हुँदै छ । यस सिजनका बाँकी खेल २० जुनदेखि सुरु भई २३ जुलाईमा अन्त्य हुने जनाइएको छ ।

२० जुनमा टोरिनो र पर्माबीच तथा भेरोनाविरुद्ध काग्लियारीको खेलसँगै सिरी एको सुरुवात हुनेछ । अर्को दिन एटलान्टा र ससुउलो तथा इन्टर र साम्पाडोरिया गरी कोरोना भाइरसका कारण स्थगित भएको सिरी एको २६ औं साता पूरा हुनेछ ।२२ जुनबाट भने सिरी ए प्रतिस्पर्धाको २७ औं साताका सबै खेलहरू सुरु हुनेछन् । त्यस्तै शीर्ष स्थानका दुई टोली युभेन्ट्स र लाजिओबीचको खेल २० जुलाईका लागि तय हुनसक्ने बताइएको छ । प्रायः साताको प्रत्येक दिन खेलहरू हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *