नेपालमा एकैदिन ९ सय ६६ जनाले जिते कोरोना

काठमाडौं – नेपालमा पछिल्लो समय कोरोनाभाइरसलाई जित्नेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ९ सय ६६ जनाले कोरोनाभाइरसलाई जितेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ सय ६६ जनाले कोरोनालाई जितेको जानकारी दिए ।

यससँगै नेपालमा कोरोना जित्नेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । जसमा पुरुष ८५६ र महिला ४६९ रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६४ हजार १ सय २२पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *