अस्ट्रेलियाका वैज्ञानिकहरूले बनाए विश्वकै पहिलो ‘बायोनिक आँखा’

काठमाडौं – अस्ट्रेलियाको मोनाश युनिभर्सिटीका शोधकर्ताले १० वर्षको अनुसन्धानपछियसको विकाससँगै अब जन्मजात दृष्टिविहीनलाई ठूलो लाभ मिल्ने भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार यसको ‘ट्रायल’ सफल भइसकेको छ । बायोनिक आँखा बनाउन सफल भएका छन् ।वैज्ञानिकहरुका अनुसार यसलाई मानिसको मष्तिष्कमा लगाउने तयारी भइरहेको छ । शोधकर्ताले यसलाई संसारकै पहिलो बायोनिक आँखा भएको दाबी गरेका छन् ।

युनिभर्सिटीका इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ विभागका प्रोफेसर लाओरीले भने, ‘हामीले एक यस्तो वायरलेस ट्रान्समिटर चिप तयार पारेका छौं, जुन मष्तिष्कको सतहमा फिट हुनेछ ।’उनका अनुसार यसलाई ‘बायोनिक आई’ नाम दिइएको छ । यसमा क्यामराका साथै एक हेडगियर पनि फिट गरिएको छ ।

जसले आँखाले देखिने क्रियाका आधारमा सीधा दिमागमा सम्पर्क गराउनेछ ।यो डिभाइसलाई बनाउनका लागि १० वर्षभन्दा बढी समय लागेको शोधकर्ताहरुले बताएका छन् । प्रोफेसर लाओरीका अनुसार बायोनिक आँखा जन्मजात नेत्रहीन व्यक्तिमा लगाउन सकिनेछ ।शोधकर्ताले यो डिभाइसलाई बेच्नका लागि फण्डको माग गरेका छन् । उनीहरुलाई पछिल्लो वर्ष पनि ७ करोड ३५ लाखभन्दा बढी फण्ड दिइएको थियो ।मोनास बायोमेडिसिन डिस्कभरी इन्टिच्युटका डाक्टरहरुका अनुसार बायोनिक आँखा यसअघि भेडामा परीक्षण गरिएको थियो । सातवटा भेडामा गरिएको परीक्षणका क्रममा ९ महिनासम्म बिना कुनै नोक्सान एक्टिभ रहेको देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *