शिल्पामाथि ठ’गी आ’रोप
मुम्बई : बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठ गीको आ रोपमा प्र हरीमा उ जुरी परेको छ।समाचारअनुसार दु वैविरु द्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठ गीको आ रोप लगाउँदै प्र हरीमा उ जुरी दिएका छन्। एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पा दम्पतीविरु द्ध उ जुरी दिएका हुन्। उजुरीमा शिल्पा दम्पती आब द्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीले आरोप लगाएका छन्।
अभिनेत्री शिल्पाले आ रोप झु टो र आधारहीन भन्दै खण्डनसमेत गरेकी छन्। ‘सत्य चाँडै बाहिर आउनेछ’, उनले भनिन्, ‘सतयुग गोल्ड प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गर्छ। हामीले एक कि लो सु न डिपोजिट पनि गरेका थियौं। बरु त्यसको पैसा सचिन जोशीले तिर्न बाँकी छ।’
अभिनेत्री प्रियंकाले लगाएको लुगाको मूल्य सुन्दा उड्छ होश
अभिनेत्री प्रियंका चोपडा महंगा डिजाइनर कपडामा प्रायः देखिइरहेकी हुन्छिन् ।उनले बोक्ने हाते झोलादेखि लगाउने वस्त्रसम्म सबै निकै महंगा हुन्छन् ।केही समयअघि ग्राम्मी पुरस्कार समारोहमा उनले लगाएको एक वस्त्रको खुबै चर्चा भयो । एक त त्यस वस्त्रले प्रियंकाका वक्षस्थलको राम्रै प्रदर्शन गरेको थियो । तर त्यसभन्दा पनि त्यसको मूल्य सुन्दा चाहिँ धेरैको होश उड्यो ।
पति निक जोनासले सामान्य सुट लगाउँदा प्रियंकाले चाहिँ राल्फ यान्ड रुस्सो डिजाइनरद्वयको एक करोड रुपैयाँ पर्ने लुगा लगाएकी थिइन् । उक्त वस्त्रको नेकलाइन निकै तल बेलीबटमसम्म पुगेकाले प्रियंकाको वक्षस्थल राम्रैसँग देखिएको थियो ।
फेशन समीक्षकले वस्त्रका विषयमा मिश्रित प्रतिक्रिया दिए ।उक्त वस्त्रसँगै उनले लोरेन स्वार्ज गहना र सामान्य मेकअप लगाएकी थिइन् ।प्रियंकाकी आमा मधुले आलोचकहरूलाई प्रियंका आफ्नो शरीरका बारेमा निर्णय स्वतन्त्र रहेको भन्दै मुखभरिको जवाफ दिएकी थिइन् ।