काठमाडौं छोड्नेहरुका लागि लागु भयो यस्तो नयाँ नियम, सुचनासहित [ सबैलाई सक्दो शेयर गरौँ ]

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका छोडेर जान चाहनेहरुका लागि नयाँ नियम लागु गरेको छ। बिहीबारदेखि नि’षेधाज्ञा खुकुलो बनाएको काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी सूचना जारी गर्दै काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र आवश्यक पर्ने जनाएको हो ।

प्रशासनले सम्बन्धित व्यक्ति स्वयम् उपस्थितमा मात्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन पनि आवश्यक पर्ने सूचनामा उल्लेख गरेको छ । प्रशासनले अत्यावश्यक कामहरु मृ’त्यु सं’स्कार, कर्मचारीको सरुवा, विदेश जाने व्यक्तिहरू लगायतका लागि मात्रै आवतजावतमा सहजीकरण गरिने जनाएको हो ।

त्यस्तै,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा दुई पुराना वामपन्थी नेतालाई भेटेका छन् । शुक्रबार गृहजिल्ला चितवन आइ पुगेका अध्यक्ष प्रचण्डले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय जगतबहादुर श्रेष्ठ र खम्बसिंह कुँवरसँग भेटघाट गरेका हुन्।

केही समयदेखि अस्वस्थ्य रहेका श्रेष्ठ र कुँवरलाई भेटन अध्यक्ष प्रचण्डले उनीहरुको घर मै पुगेका थिए । नेता श्रेष्ठको निवास पुलचोकमा पुगी अध्यक्ष प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका थिए । केही दिन अघि घरमै लडेर गम्भीर बिरामी परेका श्रेष्ठलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेको कारण मस्तिष्कमा र’गत ज’मेको भन्दै अस्पतालले थप उपचार सम्भव नभएको जनाएको थियो।

अस्पतालबाट डिस्चार्ज गरेपछि श्रेष्ठलाई घरमै अक्सिजन दिएर राखिएको श्रेष्ठका छोरा सुधिर श्रेष्ठले बताए । अध्यक्ष प्रचण्डले श्रेष्ठले कम्युनिष्ट आ’न्दोलन र निष्ठाको राजनीतिमा खेलेको भूमिकाको चर्चा गर्दै उपचार र स्वास्थ्यमा विशेष ख्याल गर्न परिवारजनलाई आग्रह गरे। अध्यक्ष प्रचण्डले शनिबार नै अर्का पुराना वामपन्थी नेता कुँवरको निवासमा पुगेर उनीलाई भेटघाट गरेका हुन्।

लामो समयदेखि प्रोस्टेटको समस्यामा रहेका कुँवरले अहिर घरमै स्वास्थ्यलाभ गरिरहेका छन्। अध्यक्ष प्रचण्डले नेता कुँवरको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उच्च मनोबलका साथजिउन आग्रह गरे। काजीबा उपनामले चर्चित कुँवरले तत्कालीन नेकपा (माओ वादी)ले जनयुद्ध संचालन गर्दा अध्यक्ष प्रचण्डको मुख्य रणनैतिक सल्लाहकारको भूमिका निभाएका थिए।

पार्टी एकतापछि बनेको नेकपाले सत्ता संचालनको मौका पाएर पनि जनताको पक्षमा ठोस् कामगर्न नसकेको भन्ने नेता कुँवरको गुनासो रहेको छ।सो भेटघाटमा अध्यक्ष प्रचण्डसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष नारायणप्रसाद दाहाल, भरत पुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतको सहभागिता थियो। पारिवारिक भेटघाटमा शुक्रबार चितवन आएका अध्यक्ष प्रचण्ड शनिबार नै काठमाडौँ फर्कंने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *