विश्वकै अग्लो टावरबाट नेपालको झण्डा आज बेलुका यो समयमा फहराइदै छ ! सेयर गरी जानकारी गरौ

विश्वकै अग्लो टावरबाट नेपालको झण्डा आज बेलुका यो समयमा फहराइदै छ ! संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झलमलाउने भएको छ।आबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आफूहरुको पहलमा युएई सरकारले शनिबार साँझ ८ बजे संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको जनाएको छ।

गत वर्ष संविधान दिवसको अवसरमा सो भवनमा पहिलाे पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो। यस भवनको उचाई ८२९.८ मिटर छ। याे भवन १६३ तलाकाे छ। दुवई शहरको पश्चिमी भागको अरब सागर तटमा निर्मित यो भवन सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको हो।

साथै दुताबास द्वारा संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ को अवसरमा संयुक्त अरब इमिरेट्समा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली राजदूतावास हार्दिक शुभकामना व्यक्त गरिएको छ । यस्तो छ शुभकामना बक्तब्य ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *