कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज असोज ०३ गते शनिबारको रा’शिफल

वि.सं.२०७७ साल असोज ०३ गते । शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–द्वितीया,१६ घडी २२ पला,दिउसो १२ बजेर २४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–हस्त,०५ घडी ०५ पला,बिहान ०७ बजेर ५३ मिनेट उप्रान्त स्वाती । योग–ब्रम्ह,३७ घडी ०६ पला,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त ऐन्द्र । करण–कौलव,दिउसो १२ बजेर २४ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर ११ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–कन्या,बेलुकी ०७ बजेर ०४ मिनेट उप्रान्त तुला । दिनमान ३० घडी २७ पला । संबिधान दिवस ।

सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ ।पढाई लेखाईमा मन जानेछ भने प्रतिष्पर्धिहरु तपाईको क्षमता देखेर आफै पछाडि हट्नेछन् । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्या

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ । समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ । राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित पर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको फितलो उपश्थितिले गर्दा अरुभन्दा पछाडि परिनेछ । धार्मिक तथा शैक्षिक यात्रा गर्ने पर्याप्त सम्भावना भएपनि बिभिन्न कारणले स्थगित हुनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने समय रहेकोछ । आफन्त तथा स्टमित्र सँग सन्तुलित व्यावहार गर्नुहोला घरायसि कुरामा राय बाजिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *