४ फिट लामो सर्प यि महिलाको पेटबाट निकालियो (भिडियो)

एजेन्सी । रसियाकी एक महिला घरमा सुतिरहेको बेला उनको शरीरमा ४ फिट लामो सर्प पसेको छ । आफ्नै घरको बाहिर आँगनमा सुती ति महिलाको स्वास्यमा समस्या देखिएपछि उनलाई तत्कालै अस्पताल भर्ना गरिएको थियो ।

सामाजिक संजालमा अहिले भाइरल बनिरहेको भिडियोमा आकस्मिक रुपमा ति महिलालाई इर्मजेन्सी कक्षमा राखेर ती महिलाको घाँटीमा ट्युब छिराएर सर्प निकालिरहेको देख्न सकिन्छ ।

भाइरल बनेको उक्त भिडियोमा एकजना डाक्टरले ‘हेरौं, यो के रहेछ’ भने लगत्तै अर्का डाक्टरले ति महिलाको पेटबाट ४ पिट लामो सर्प निकालेको देखेपछि महिला स्वास्थ्इकर्मी एक्कासी सर्प भन्दै चिच्याउँछिन्, डराउँछिन् ।

पन्जा लगाएका ति चिकित्सकले उक्त सर्पलाई मेडिकल बकेटमा फ्याँक्छन् । भिडियोमा सर्प जिउँदो थियो वा त्यो महिलाको शरीरभित्र कति समयसम्म रह्यो र सर्पको प्रजाति लगायतका बारेमा केही पनि खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *