सुनको मूल्य प्रतितोला कति बढ्यो,हेर्नुहोस

काठमाडौं – शुक्रबार सुनको मूल्य प्रतितोला रुपैयाँ ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ।बिहीबार प्रतितोला ९६ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको महासंघले जनाएको छ । महासंघका अनुसार बिही बार ९६ हजार १०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ ।त्यसैगरी चाँदी को मूल्य पनि बढेको छ । बिहीबार एक हजार ३२० मा कारोबार भएको चाँदीको मूल्य शुक्रवार एक हजार ३३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *