खाली रंगशालामा खेल्ने कुरा अजीब लागिरहेको छ – मेसी

स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले आफू मैदान फर्कनका लागि आतुर रहेको बताएका छन्। तर खाली रंगशालामा खेल्नु पर्ने क्षण अजीब हुने उनको भनाइ छ।कोरोना भाइरसका कारण स्पेनिस ला लिगा अनिश्चितकालका लागि स्थगित भए पनि मेसी दुई साताअघि अभ्यासमा फर्किएका थिए। ला लिगा जुन १२ देखि सुचारू गर्ने तयारी गरिएको छ।’हामीले यो वर्ष के छुटायौं भन्ने सोच्न हुँदैन। भविष्यका लागि सोच्नु उचित हुन्छ,’ मेसीले स्पोर्ट्स ब्रान्ड एडिडासलाई अन्तर्वार्ता दिँदै भनेका छन्,’दिनदिनैको प्रशिक्षण, आफ्ना सहकर्मीसँग भेट, आफ्ना नजिकका केहि खेलको योजना बनाउँदै हिड्नु पर्छ। अब म फेरि प्रतिस्पर्धा गर्नका लागि तयार हुँदैछु।’

मेसीले दर्शनबिना खेल्नु पर्दा धेरै चुनौती हुने समेत बताए। ‘अहिलेको भइरहेको तयारी पहिले जस्तै छ। तर व्यक्तिगत रुपमा प्रशिक्षण गर्नु र दर्शनबिना खेल्न तयारी गर्नु अजीब कुरा हो,’ उनले भने।मेसीका अनुसार एउटै सिजन खेल्नका लागि तयारी गरे पनि खेलाडीहरूले फरक अनुभव गर्ने बताए।कोरोना भाइरसले संसारलाई असर नगरेको अवस्थामा मेसी अहिले कोपा अमेरिकाको तयारीमा हुन्थे। अर्जेन्टिना र कोलम्बियामा संयुक्त रुपमा आयोजना हुने कोपामा उनले आफ्नो टिमको नेतृत्व गर्थे। तर कोरोना कारण कोपा एक वर्ष पर धकेलियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *