सोच्नै नसक्ने गरि एकासी ह्वात्तै घट्यो सुनको भाउ
काठमाडौँ– बिहीबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
यस दिन चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ रहेको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । यस दिन चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको थियो ।
अन्य समाचार : उर्जा मन्त्री पुनको सचिवालयले, ‘विद्युत प्राधिकरणमा कुलमान नै आउछन् !’ काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा अझै पनि कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङलाई पुन नियुक्त गर्ने सम्भावना कामय रहेको ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री मन्त्रालयले जनाएको छ । विद्युत प्राधिकरणले कुलमानलाई भर्खरै विदाई गरेको छ । तर मन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट भर्खरै बिदा भएका कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने सम्भावना अझै रहेको जनाएको छ।
मन्त्री पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले बिहीबार फेसबुकमार्फत घिसिङलाई दोस्रो कार्यकालका लागि पनि नियुक्ति दिन पेस गरिएको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा विचाराधिन नै रहेको र यो पूरा हुने आशा रहेको बताएका हुन्।
उनले फेसवुकमा लेखेको स्टाटस यस्तो छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ । अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।