भोलीदेखि लामो दुरीका यातायात चल्ने, यस्ता छन् पालना गर्नुपर्ने पाँच नियमहरू

३१ भदाै, काठमाडाैँ – लामो दुरीको सार्वजनिक यातायात भोलीबाट सञ्चालन हुँदैछन् । मन्त्रीपरिषद्ले सोमबार गरेको निर्णय अनुसार असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुन लागेका हुन् ।

लामो दूरीको यातायात सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँच बुदे नियमहरू जारी गरेको छ । ती निम्न अनुसार छन्,

१. श्रमीकहरू (चालक, सहचालक, परिचालक तथा बुकिंग कर्मचारीले ) अनिवार्य मास्क, स्यानिटाइजर, पञ्जा तथा फेस भाइजर (चालक बाहेकले) प्रयोग गर्नुपर्ने,

२. यात्रु क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्ने र भाडादरमा ५० प्रतिशतसम्म बढि लिन पाउने ,

३. यात्रुहरूले यात्रा अवधीभर मास्क प्रयोग गर्ने तथा बस चढ्ने, झर्ने र खाना खाने बेलामा भाैतिक दूरी कायम गर्नुपर्ने,

४. सवारी साधन चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ,

५. सबै यातायात कर्मचारीहरूको अनिवार्य कोरोना बीमा गर्नुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *