जुका-चुर्नाले सतायो भने खानुस् यी खानेकुरा, जुका-चुर्नालाई सजिलै मर्नेछन् !

काठमाडौँ । मानव शरिरभित्र पनि विभिन्न किसिमका परजिविहरुले डेरा जमाइराखेका हुन्छन् । जसले हाम्रो शरिरको लागि चाहिने आवश्यक पोषक तत्वलाई खाइरहेको हुन्छ । त्यस्त परजिविलाई मार्नको लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरुको प्रयोग गर्न सकिन्छ । आज हामी तपाईहरुलाई प्राकृतिक रुपमा नै त्यस्ता परजिविलाई मार्ने केही खानेकुराको बारेमा बताउन गइरहेका छौँ ।

बेसार : खानेकुरा मध्ये बेसार पनि एक चमत्कारीक खानेकुरा हो । बेसारले शरिरभित्र अनावश्यक रुपमा डेरा जमाएर बसेका परजिविहरुलाई मारेर शरिरबाट बाहिर निकाल्न मद्दत गर्छ ।

ल्वाङ : ल्वाङमा रगतमा पाइने कार्योफिलिन तत्व मिसिएको हुने भएकाले ल्वाङको सेवन गर्दा परजिविहरु र तीनको अण्डालाई समेत मारिदिन्छ ।

लसुन : ताजा लसुनमा एलिसिन एन्टिबायोटिक्स पाइने भएकाले शरिरमा रहेका ढुसी फङगस जस्ता खतरनाक भाइरसलाई मारिदिन्छ ।

फर्सीको बियाँ : यसमा क्युकुरविटासिन पाइन्छ । त्यसकारण फर्सिको बिया सेवन गर्दा शरिरमा पाइने परजिविहरु तथा तिनका लार्भालाई समेत नष्ट गर्ने भएकाले फर्सिको बिया सेवन गर्नु लाभदायक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *