माथिल्लो तलाकी डेरावाला दिदीले भनिन भाईआफ्नो कोठामा साँघुरो भए सुत्न मेरो तिर आए पनि हुन्छनि भाइ

डेरावाल दिदी — कहिलेकाहीँ त्यता साँ’घुरो भए सु’त्न मेरोतिर आए पनि हुन्छ नि भाइ । कुनै अ’प्ठेरो मान्नुपर्दैन, आफ्नै सम्झे हुन्छ,’ म डेरा सरेको तीन दिनपछि डेरावाल दिदीले भनेकी थिइन् । दिदीको त्यो भनाइ वास्तवमै सहज थिएन, उनले मलाई किन त्यसो भनिन् ? तीन-चार दिनसम्म मलाई सो’चमग्न बनाएको थियो । म बस्ने माथिल्लो तलामा दिदीको कोठा थियो । उनी को हुन्, यो शहरमा के गर्छिन् र उनको परिवारमा को कति छन् भन्ने केही जानकारी थिएन मलाई ।

एउटै घरमा बस्ने भएकोले उनीसाग मेरो हाइ-हेल्लोको मात्र स’म्बन्ध थियो । घरको तल-माथि गर्दा देखादेख हुन्थ्यो । उनी मलाई देख्ने बित्तिकै म’सक्क म’स्केर केही न केही सोधिहाल्थिन् – ‘चिया पिउनुभो ? खाना खानुभो ? नु’हाउनुभो … ?’ यस्तै-यस्तै सवाल रहन्थे उनका । उनले सोधेका सवालहरुको सीधा जवाफ दिनु नै उचित ठान्थेँ म, साथमा फिस्स मुस्कान छोडेर बाटो लाग्थेँ ।

हुन पनि घरमा बसेकै हकमा सबै डेरावालसँग स’म्पर्क बढाउने र दोस्ती गर्ने मेरो बानी कहिल्यै बसेन । म शहरमा बस्न थालेको पनि अठार वर्ष भयो होला । एउटै छानामुनि बसे पनि कति जनासाग त एकपटक समेत चिनजान नभई डेरा बदलिएको पनि हुँला । यो मेरो अ’नौठो बानी छ । पेशाले म एक कलमजीवी हुँ । पेशाभित्र मेरो औ’कात के कति छ, त्यो मलाई थाहा छैन । तर, शहरमा मेरो सम्पर्क हरेक मान्छेसाग बेग्लाबेग्लै किसिमको छ ।

मेरोमा दिनहुँ साथीहरु आइरहन्छन् । उनीहरुसँगको भेटघाट र कुराकानी मलाई बडो महत्वपूर्ण लाग्छ । त्यसैले पनि हामी कहिले कता कहिले कता समूहमै रा’त का’ट्छौं । डेरावाली दिदीलाई मेरोमा आउने साथीहरु देख्दा कोठामा साँ’घुरो होला भन्ने लागेर पनि मलाई आफूकहाँ बोलाएकी हुन सक्छ । नत्र अरु कारण के होला र ! उमेरले दिदी मभन्दा ५/६ वर्ष पाकै लाग्थिन् । त्यसैले पनि मैले उनलाई दिदी भन्न कुनै आ’पत्ति थिएन ।

हप्ता दिनपछि मात्र मैले दिदीको नाम सोध्ने साहस गरेँ । नाम शकुन्तला रहेछ । तर, उनको घरपरिवार, पेशा मलाई अझै थाहा थिएन । शकुन्तला दिदी मलाई देख्नेबित्तिकै आँखा गा’डेर नि’याल्थिन् । मा’याको भाव झल्काउँथिन् । कोठामा बोलाउँथिन् र अवसर मिल्नेबित्तिकै खाजा र खानाका लागि समेत हार्दिकताका साथ आग्रह गर्थिन् । दिदीका ती सबै व्यवहारले मलाई निकै असहज लाग्थ्यो । तर पनि दिदीको कुरा टार्न नसकेर उनको कोठामा पुग्थेँ ।

दिदीले कोठाभरि यौन उ’त्तेजनाका अ’र्धन’ग्न तस्बिरहरु सजाएको देख्दा म ख’ग्रङ्ग हुन्थेँ । मु’टु जो’डले फु’ल्थ्यो र हा’तगो’डा काँ’प्थे । म दिदीले दिएको खानेकुरा छिटो-छिटो क’पाकप खान्थेँ र तल ओ’र्लिहाल्थेँ । म काँ’तर मान्छे पटक्कै होइन । ठूल्ठूला मान्छेसग अन्तर्क्रिया गर्दा होस् वा जो’खिमपूर्ण समाचार सम्प्रेषणमा प्रहरी प्रशासनसँग सामना गर्दा होस्, मलाई र’त्तिभर ड’र लाग्दैनथ्यो । तर, दिदीको अगाडि किन म गरुडको छायामा परेको सर्प जस्तो भ’यभी’त भइरहन्छु, आफैंलाई पत्तो हुँदैनथ्यो ।

शकुन्तला दिदीको कोठामा सधैंजसो लोग्नेमान्छेहरुको आउजाउ चलिरहन्थ्यो । आउने-जाने सबैसँग दिदीको आफ्नै प्रकारको नाता-स’म्बन्ध कायम रहन्थ्यो । त्यस कुरामा पनि म निकै आ’श्चर्यमा पर्थेँ, किन दिदीको संगत लो’ग्नेमान्छेसँग मात्र हुन्छ ? केही दिन अरु बितेपछि मैले साथीहरुलाई शकुन्तला दिदीको बारेमा ह’ल्काफुल्का कुरा गर्छु । साथीहरुले पनि उनको क्रियाकलापबारे शं’का लागिसकेको बताउँछन्, ‘यो ध’न्दावा’ली आइमाई हो । यो सँग जो’गिएर हिँडनू ।

नत्र फ’साउली । बाहिर पनि यसको कुरा निकै सुन्न थालेका छौं । हामीले यसको बारेमा सायद समाचार रिपोर्ट बनाउनुपर्छ होला ।’ साथीहरुको त्यस्तो विचारलाई मैले ठा’डै अ’स्वीकार गरेँ । उनीहरुलाई त्यसो न’गर्न द’बाब दिएको थिएा । जसका कारण उनीहरु ह’च्किएका थिए । दिदी हरेक बिहान उठ्नेबित्तिकै नु’हाउँथिन् । सोह्र शृंगार गरेर चि’टिक्क पर्थिन् । उनको शरीर चौबीसै घण्टा मगमगाइरहन्थ्यो ।

तर, उनको दिनचर्या कोठाभन्दा बाहिर बित्दैनथ्यो । त्यसमा अचम्म लाग्थ्यो मलाई । एकदिन मैले उनलाई उनको श्रीमानका विषयमा सोधेको थिएँ । त्यसको कुनै जवाफ दिइनन् उनले । म पनि त्यसै चुप लागेको थिएँ । दिदीकोमा किन थरीथरीका लो’ग्नेमान्छे मात्र आइरहन्छन् ? किन आजसम्म उनको कोठामा एउटा मात्र पनि स्वास्नीमानिसको आगमन हुँदैन ? पक्कै पनि यी दिदी ध’न्दावा’ली हुन सक्छिन् । मैले अ’ड्कल काटेको थिएँ ।

शकुन्तला दिदीको कोठामा आउने लो’ग्नेमान्छेहरुसँग घण्टौं उनले के वार्तालाप गर्छिन्, त्यो थाहा हुँदैनथ्यो । तर, भित्र पस्दा चम्किलो अनुहारमा पस्ने लो’ग्नेमान्छेहरु बाहिर निस्किँदा नि’स्तेज भएर बाटो लाग्थे । दिदी ध’न्दावा’ली भन्ने निश्चित भएपछि उनको रुप र उनको कोठा समेत मलाई ए’चआईभी संक्रमणको अख’डा भएको महसुस हुन थाल्यो ।

त्यसपछि उनले जति धेरै हा’र्दिकता देखाए पनि मैले उनको कोठामा जाने सा’हस गरिनँ । उनीसँग टाढिनुमै आफ्नो भलाइ देखेँ मैले । तर, दिदीको आत्मीयता अलि बेग्लै प्रकारको थियो । ज्यादै ममतामयी लाग्थिन् उनी । त्यस्ती आइमाई के प्राप्तिको लागि दिनहुँ आफ्नो श’रीर बे’चिरहेकी छन् ? उनको त्यो विवशता हो वा स्वेच्छा हो, थाहा पाउनुपर्ने विषय थियो मेरो लागि । यसैले पनि म दिदीको इतिवृत्तान्त थाहा पाउन निकै प्रयास गर्थें । फलस्वरूप महिनौंपछि उनको सम्पूर्ण कहानी मलाई प्रष्ट भएको थियो ।

विवाह गरेको दुई वर्ष पनि पुग्दानपुग्दै शकुन्तला दिदीको लोग्नेले सौ’ता हालेछ । घरमा सौ’ता आएपछि र लोग्नेबाट पनि बे’वास्ता भएपछि उनी माइतीमा बस्न थालिन् । एउटी चेलीका लागि माइती भनेको त बाबु-आमा जि’उँदो छउन्जेल मात्र न हो ! बाबु-आमा दुवैलाई दैवले लगेपछि माइती उनको लागि वि’रानो भयो । दाजु-भाउजूको अप्रिय वचन ख’प्न नसकेपछि दिदी माइत पनि छो’डेर शहर पसिन् ।

शहर आएपछि केही समयसम्म उनले सानो चिया पसल खोलेर जीवनयापन गरिरहेकी थिइन् । यसै समयमा उनीसँग दोस्रो लो’ग्नेमान्छेको संगत भयो । एउटा लोग्नेमान्छेबाट सधैंका लागि लत्यालिएकी शकुन्तला दिदीलाई विवाह गर्ने मीठो आश्वासन दिएर अर्को लोग्नेमान्छेले पनि लु’ट्यो मात्रै । त्यसपछि ऊ आा’धी जस्तै बिलायो ।

दोस्रो लो’ग्नेमान्छेसँगको बि’छोड उनको जीवनमा अझ घा’तक सि’द्ध भयो । निकै दिनसम्म दिदी आ’हत् भइन्, किनकि उनको पे’टमा उसको ग’र्भ थियो । सबैतिरबाट ए’क्लिएकी दिदीले पे’टको ब’च्चालाई सकुशल जन्म दिन उचित सम्झिनन् । ग’र्भपतन गराइन् । त्यसपछि उनको जिन्दगीले अर्कै मोड लियो । होटल पनि छोडेर दिदीले आफैं बजारमा निस्किँदै स्वतन्त्र पेशा थालिन् । एउटी आइमाईमान्छे २०/२२ वर्षको फक्रँदो यौ’वनमा जब लोग्नेमान्छेबाट वि’स्थापित गराइन्छे, त्यसपछि,

उसभित्रको द’मित यौ’न चाहना एकैपटक वि’ष्फोट भएर समाजमा पो’खिन्छ । ऊ गलत क्रियाकलापमा सं’लग्न हुन्छे । शकुन्तला दिदीको जीवन त्यही घ’टनाचक्रको प्रतिविम्ब थियो । शकुन्तला दिदीको मो’लमोलाइ आज हरेक यौ’न पुरुषहरुले आ-आफ्नै शैलीले गरिरहेका छन् । जसरी मन लाग्छ, पैसामा उपभोग गरिरहेका छन् । शकुन्तला दिदी हिजोआज आफूलाई लु’टा’उनमै खुशी छन् । परिबन्दको खेलमा उनी बडो नमज्जाले हारेकी छन् ।

उनीकहाँ आज पनि का’मोत्तेजक लोग्नेमान्छेहरु उनको प’राजित नारी अ’स्तित्वसँग खे’ल्न आउँछन् र देहसँग खे’लेर जान्छन् । देख्दादेख्दै शकुन्तला दिदीको अनुहार बेग्लै प्रकारको देखिन थालेको छ । पहिले जस्तो सौन्दर्य छैन । मसाग पनि पहिले जस्तो दिल खोलेर बोल्दिनन् उनी । हुन त मैले उनलाई पटकपटक यो पेशा छो’ड्न द’बाब दिएको थिएँ । एउटी नारीको लागि सबैभन्दा मूल्यवान् वस्तु उसको अस्मिता हो । जुन उसले आफ्नो जीवनमा एकजना लो’ग्नेमान्छेका लागि मात्र सु’म्पिन्छे । मैले दिदीलाई उपदेश दिएको थिएा,

पैसा श’रीरका लागि हो, शरीर पैसाका लागि होइन । मेरो कुरा दिदीले कति बुझिन् वा बुझिनन् प’त्तो भएन । तर, उनले आफ्नो पेशा छाडिनन् । श’रीर बेच्ने बाटोमा निरन्तर लागिरहिन् । केही गर्दा पनि उनी न’मानेपछि मैले उनीबारे पत्रिकामा छापिदिने ध’म्की समेत दिएँ । सायद मेरो त्यही कुरा उनलाई चि’त्त बुझे’को थि’एन । शहरमा अरु पनि केही ध’न्दावा’ली आइमाईहरु मैले पत्ता लगाएको थिएा ।

कतिपयले आफ्ना कि’शोरी छोरीहरु समेतलाई ब’लज’फ्ती पेशामा सहभागी गराएर जिन्दगीको अँ’ध्यारो सु’रुङतिर ध’केलिर’हेका थिए । तर, त्यसो गर्नुको पछाडि सबैको आ-आफ्नै विवशता पनि थिए । समय बगिरहेछ । दिन, हप्ता र महिनाहरु क्रमशः समयको पछाडि परिरहेका छन् आज । शहरमा म आफ्नो परिवारसहित छु । पहिलेको डेरा बदलिइसकेको छ । शकुन्तला दिदीको बारेमा पनि केही थाहा छैन मलाई । एकपटक उनको डेरामै गएर भेटूँ भन्ने पहिलेदेखि नै लागेको थियो ।

सायद उनी यतिखेर ए’चआईभीले पूर्ण ग्र’स्त भएर पो बाँचिरहेकी छिन् कि ? त्यसैले उनलाई भेट्न जाने हिम्मत पनि आएको थिएन । एकदिन मैले शकुन्तला दिदीको दुःखद् समाचार पाएँ मेरै साथीहरुबाट । उनीहरुले तयार पारेको रिपोर्टमा जिल्लाभरका एचआईभी एड्स पीडितहरु र यौ’न व्यवसायीहरुको सूची तयार थियो । शकुन्तला दिदीलाई ए’चआईभी पोजेटिभ भएको खबरले मलाई भित्रैदेखि दुःखी बनायो ।

मैले थाहा पाए अनुसार उनीकहाँ अहिले कुनै पुरुषहरु धाउादैनन् । लो’ग्नेमान्छेलाई दिनका लागि दिदीसँग कुनै त्यस्तो चिज बाँकी छैन । खबर सुन्दा मलाई किन हा, तुरुन्त गएर दिदीलाई भेटूँ जस्तो लागेको थियो । तर, म त्यहाँ जाँदा बित्तिकै लामो समयदेखि देखभेट नभएकी दिदी अति दुःखी भएर मेरो उपस्थितिमा आफ्नो पीडा देखाउँलिन् र मलाई झन् अ’प्ठेरोमा पार्न सक्छिन् । त्यसैले त्यहाँ जान उपयुक्त ठा’निनँ । किनकि आफ्नो सबथोक सकेर बसेकी दिदीसँग अहिले आर्थिक स’मस्या होला।

घरबेटीले पैसा मागेको समस्या तेर्साउलिन् अनि म… । हुनसक्छ आज उनी सडकमा माग्दै पो छिन् कि ? दिदीलाई भेट्ने मेरो चाहना दोस्रोपटक पनि आफूभित्रै मर्‍यो ।केही दिनपछिको कुरा हो, शकुन्तला दिदीले सडकमा हात फै’लाएर माग्दै हिँडेको मैले आफ्नै आाखाले देखेँ । भित्र पसेका आँखा, कलेटी परेका ओठ, दुब्ली, निःसहाय अवस्थामा रहेकी भए पनि मैले उनलाई चिनेँ । ग’हिरो दुःख लाग्यो ।

यतिबेला उनीसँग कुनै लो’ग्नेमान्छे थिएन । किनकि लोग्नेमान्छेलाई दिनको लागि अब दिदीसँग केही बचेको थिएन । त्यसैले आज एक्लै छिन् उनी । मृ’त्युले गाँ’ज्दै लगेको छ । शकुन्तला दिदी आज पी’डादा’यी अवस्थामा छिन् । बाटोमा दयनीय जीवन बाँचिरहेकी छिन् । तर, यस्तो बेला म आफ्नो परिचय र कुनै सहानुभूति नदिईकनै रुमालले मु’ख छो’पेर उनीबाट टाढा भा’ग्छु । सायद दिदीसँग अब कहिल्यै ‘नभेट्ने गरी… ! -लेखक ओमप्रसाद घायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *