सिंगापुरे लाहुरेसंग विवाह गरेको २ महिनामै सोनीको मृ’त्यु : प्रेमिलाइ अ श्लि’ल फोटो पठाएको खुलासा, पूर्वप्रेमीसंग पनि थियो सम्बन्ध ! (भिडियो हेर्नुस्)
धरानमा विवाह गरेको दुई महिनामै युवतीको निधन भएको घटनामा थप नयाँ कुरा बाहिर आएको छ । दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी सुनी लिम्बु निधन भएको अवस्थामा फेला परेकी हुन् । छोरीले देह त्याग गरिन् भनेर माइतीलाई खबर गरेपछि घरमा पुगेका माइतीका सदस्यले घटना संकास्पद रहेको बताएका छन् ।
ति युवतीको श्रीमान अहिले पनि सिंगापुरमा छन् । देहत्याग गरेको बताइएको धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको घटनामा माइती पक्षले दिएको किटानी जाहेरी पछि श्रीमानको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेमकुमार माबोलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना कसरी भयो भन्ने अझै खुलेको छैन । श्रीमानको परिवारले देह त्याग गरेको बताएका छन् भने माइती पक्षले शंकास्पद भन्दै किटानी जाहेरी दिएका छन् । तर श्रीमानका भिनाजुले सोनीको अन्य युवकसंग पनि सम्बन्ध रहेको दावी गरेका छन् । विवाह अघि पनि एक जना युवकसंग सोनीको सम्बन्ध भएको र त्यो कुरा श्रीमानलाई पनि थाहा भएको उनले बताएका छन् ।
उनले भने, ‘एक जनासंग सम्बन्ध थियो, वेड शेयर गरेको कुरा पनि सालोलाई थाहा थियो । त्यो कुरा स्वीकार गरेको भएपनि त्यसपछि फेरी अरु दुई युवकसंग पनि उनको सम्बन्ध रहेको श्रीमानले थाहा पाएको थियो । आफ्नो श्रीमतीको यस्तो कुरा थाहा पछि कुन श्रीमानले ताली वजाउँछ होला ?’
आफ्नो अतिरिक्त सम्बन्धको बारेमा थाहा भएपछि इज्जतको डरले देह त्यागको निर्णय गरेको हुनसक्ने उनको अनुमान छ । श्रीमानको नामवाट कोरियामा भएको एक जना उनकै पूर्व प्रेमीले अ श्लि ल तस्बिर र भिडियो माग्दा सोनीले पठाइदिएको र सोही घटना पछि पनि श्रीमानसंग मतभेद भएको उनको भनाई छ । श्रीमानको फेसवुक लगइन गरेर उनका पूर्व प्रेमीले अ श्लि ल तस्बिर र भिडियो पठाउन सोनीलाई भनेका थिए ।
युवकका परिवारले घटना भएको बेलामा घरमा हुँदै नभएकाहरुको नाममा पनि किटानी जाहेरी दिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोनीको निधन हुँदा उनका दुई अमाजु घरमा थिएनन् । सोनीका माइती पक्षले उनीहरुको नाममा पनि किटानी जाहेरी दिएको भन्दै सोनीका श्रीमानका भिनाजुले असन्तुष्टि जनाएका छन् । प्रहरीले पोष्टमार्टम पछि मात्र घटना के भएको हो भनेर भन्न सकिने जनाएको छ ।