नेपालीका सम्धी बन्दैछन् जापानका प्रधानमन्त्री !

काठमाडौ । आगामी हप्ता जापानले नयाँ प्रधानमन्त्री पाउँदैछ । लिबरल डेमोक्रयाटिक पार्टीका योशिहिदे सुगालाई पार्टीले प्रधानमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरेको छ । निबर्तमान प्रधानमन्त्री सीन्जो आवेका बिश्वासपात्रका रुपमा रहेका सुगा पार्टीका दुई तिहाइ नेताको समर्थनमा प्रधानमन्त्री उम्मेद्धार सिफारिस भएका हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बुधबार जापानमा नयाँ प्रधानमन्त्री घोषणा हुने कार्यक्रम छ । प्रधानमन्त्रीको दौडमा फुमियो किसिदा, पूर्व रक्षामन्त्री सिगेरु इसिवा रहेका थिए । अहिले सुगा अगाडि देखिएका हुन् । धेरैलाई थाहा नभएको तथ्य जापानका हुनेवाला प्रधानमन्त्री एक नेपालीको नातामा सम्धी पर्दछन् । उनी जापानमा रहेका नेपाली व्यबसायी तथा एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टका श्रीमतिका काका हुन् । भट्टका काका ससुरा प्रधानमन्त्री भएमा नेपालीका एक सम्धी जापानको प्रधानमन्त्री पर्नेछन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

भट्टले जापानी चेली मियको लाई विवाह गरेका छन् । उनीहरुका दुई छोरी समेत रहेका छन् । जापानजस्तो शक्तिशाली देशको प्रधानमन्त्री एउटा नेपालीको नातागोतामा पर्नु आँफैमा महत्वको बिषय भएको नेपाली बृत्तमा चर्चा छ । सुगा श्रीमती मियको भट्टको साख्खै काका हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *