सम्बन्ध जोड्ने वा टुक्राउने घरलाई स्वर्ग वा शंकाको थलो बलाउँने सबै नारीको हात

एउटी नारीको इज्जत अर्की नारीमाथि भर पर्छ । उसले हेर्ने नजर र उसले गर्ने व्यावहार माथि भर पर्छ । पुरुषलाई दोषलागाउनु त त्यो हाम्रो सोच मात्र हो । पुरुषलाई त एक नारीले अर्को नारीलाई गलत देखाउन र पुरुष संगको सम्बन्ध टुक्र्याउने माध्यम मात्रै बनाएका हुन्छन् । आमालाई माया गर्ने छोरो बिहे पछि श्रीमतीले लगाएका अनेक थरी कुराहरूले फेरिन्छ ।

जन्म दिने आफ्नी आमालाई बृद्ध आश्रममा लागेर छोड्न सक्ने सम्म हुन्छ । श्रीमतीलाई माया गर्ने श्रीमान आमाका नानाथरी कुराहरूले गर्दा सात जनम संगै हुने संगै जिन्दगी बिताउने भनेर ल्याएकी श्रीमतीलाई शारीरिक र मानसिक च रम या तना दिएर आ त्मह त्या ग र्न बाध्य बनाउँछ ।सम्बन्धहरूलाई जोड्ने र टुक्राउने घरलाई स्वर्ग बनाउने वा एक अर्कोको मन मस्तिष्कमा शंका जगाउने र सम्बन्धमा आगो ल गाउने सबै नारीको हातमा हुन्छ । त्यसैले हरेक नारीमा नम्रता, ममता, सहनशीलता र व्यावहारिकता हुनु पर्छ । जुन घरमा एक नारीले अर्को नारीको सम्मान र इज्जत गरेका हुन्छन् । त्यो घरमा सधै खुशी फुलेको हुन्छन् हरेक सम्बन्धहरू प्रिय र प्रगाढ हुन्छन् ।

अण्डा र झण्डा अभियान साथसाथ : पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । ‘उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो ।नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा समेत ध्यान पु¥याउने भएकाले नियमित गर्भ जाँच गराउनेलाई गाउँपालिकाले अण्डा उपहार अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिनुभयो ।

अभियानबाट गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा जानेको सङ्ख्या बढ्न थालेको पाइएको छ । संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि अण्डा र झण्डा अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ । यस कार्यक्रमको लागि गाउँपालिकाले रु चार लाख रकम विनियोजन गरेको जनाइएको छ । “अझै पनि महिला स्वास्थ्य संस्थामा जान हिचकिचाउने पनि यदाकदा छन्, उनीलाई नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउन बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो ।गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको छ । गर्भवती महिला स्वास्थ्य संस्थामा नै गर्भ परीक्षणका लागि पुगेपछि रु ३५० बराबरको अण्डा दिन थालिएको छ । स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलालाई प्रतिव्यक्ति रु दुई हजार ५०० रकम प्रोत्साहनस्वरुप दिने गरेको रुप्से स्वास्थ्यचौकीका प्रमुख यमबहादुर चिदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *