लोकप्रिय गायक प्रकाश सपूतको आज जन्मदिन

काठमाडौँ । लोकप्रिय गायक प्रकाश सपूतको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा गायक सपूतलाई आफन्त शुभचिन्तक तथा फ्यानहरुले बिहानैदेखि शुभकामना ब्यक्त गरिरहेका छन् । बहुआयामिक प्रतिभाका धनी कलाकार सपूतको जन्म बाग्लुगंमा भएको हो ।बाल्यकालदेखि नै गायनमा औधी रुची राख्ने सपूत कुनै चल्तिका नायक भन्दा कम छैनन ।

आफ्नो र अन्य कलाकारको गीतमा समेत अभिनय गर्दै आएका सपूतका बोल माया, गलबन्दी, दोहोरी ब्याटक, लगायतका गीतहरु चर्चित छन् ।मौलिक र फरक पन दिन सफल गायक सपूतले गायनमा सफलता हात पारेसँगै चलचित्रमा पनि काम गर्न सुरु गरेका छन् । गायक तथा नायक सपूतलाई ओएस नेपालका तर्फबाट पनि जन्मदिनको लाखौँ लाख शुभकामना ।

पनि;डोमिनिक थिमले उत्कृष्ट पुनरागमन गर्दै जिते युएस ओपनको उपाधि
अस्ट्रियाका डोमिनिक थिमले युएस ओपनको पुरुष एकलतर्फको उपाधि जितेका छन्।पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने क्रममा २७ वर्षीय थिमले जर्मनीका लेक्जेन्डर जवेरवलाई ३-२ को सेटमा प’रा’जि’त गरे।दोस्रो वरीयताका थिमले यसअघि तीन वटा मुख्य प्रतियोगिताका फाइनलमा हा’र बेहोरेका थिए।

यता २३ वर्षीय जवेरवले सुरुवाती दुई सेटमा जित हात पारेर पनि उपाधि जित्न सकेनन्।जवेरवले पहिलो सेट ६-२ र दोस्रो सेट ६-४ ले जितेर राम्रो सुरुवात गरेका थिए। त्यसपछिका तीन सेटमा भने थिम लयमा फर्किए।थिमले तेस्रो सेट ६-४ ले आफ्नो पक्षमा पारे। चौथो सेटमा थिमले ६-३ को जित निकालेपछि खेल २-२ को बराबरीमा पुगेको थियो।

निर्णायक तथा पाँचौ सेटमा लम्बिएको थियो। जसमा थिम ७-६ (८-६) ले विजयी भएर उपाधि जित्न सफल भए।सन् २००४ को फ्रेञ्च ओपनको फाइनलपछि पहिलो दुई सेटमा पछि परेर पनि ग्रान्डस्लामको उपाधि जित्ने थिम पहिलो खेलाडी बने।सन् २००४ को फ्रेन्च ओपनको फाइनलमा अर्जेन्टिनाका गास्टन गाउडियोले पहिलो दुई सेट गुमाएर पनि उपाधि जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *