घरमा श्रीमान् हुँदा हुँदै बाहिर प्रेमीसँग रोमान्स, यसरी खुल्यो पोल

काठमाण्डौ । कहिले काहीं आफ्नै खुट्टामा मानिसले कसरी ब’न्च’रो हा’न्छन् भन्ने उदाहरणका लागि नेपालगञ्जमा सार्वजनिक भएको घटनाले खुलासा गर्छ । बर्दिया ठाकुरबाबा नगरपालिका –४ मैनवाकी ती महिलाले रचेको एउटा नाटकले आफै प्रहरी फ’न्दा निम्तिएको हो । नेपालगन्ज उपमहानगरपालिका –६ फुल्टेक्रा भाडामा बस्ने ती ३३ वर्षीया महिला अप’हर’णको नाटक गरि गलत हल्ला फैलाएको आरोपमा प्रहरी खोर पुगेकी छन् ।

‘आफ्नै हर्कतले प्रहरी खोरमा पुगेकी’ ती महिला आशिक कुमारी चौधरी हुन् । प्रहरीका अनुसार, सानु दहितको नामबाट अर्कैको फोटो राखी फेक आइडीबाट ‘लभको च क्क र’ चलाएपछि जोगिन गरेको नाटकले उल्टै फ’न्दामा परिन् ।

पोखरा जाँदै गरेको र बीच बाटोमा लु’टिए भन्दै प्रहरी झुक्याएकी उनले आफु अप’हर’णमा परेको बताएपछि प्रहरी सक्रिय भएको थियो । ‘खोज्दै जाँदा कुरा सबै काल्पनिक बनाई प्रहरीलाई फोन गरेको खुलेको छ,’ बाँके प्रहरीले पत्रकार सामु आइतवार चौधरीलाई कालो मु कु न्डो लगाएर सार्वजनिक गर्दै भनेको छ ।

फेक आइडीबाट ‘पटिएका युवा’ नवलपरासीबाट भेट्न नेपालगन्जनै आउने भनेपछि आपत्मा परेकी उनले उम्कन उपाय खोजिन् । भेट्ने कुरा गर्दा र भिडियोमा कुरा गर्न खोज्दा बिभिन्न बाहाना गरी पञ्छिने गर्दै आएकी चौधरीले भदौ २५ गते ती पुरुषलाई आफ्नो घर पोखरा पनि भएको भन्दै नेपालगन्जबाट आफ्नै गाडीमा त्यसतर्फ हिडेको बताइन् ।

नेपालगञ्ज न्यूजमा छापिएको समाचार अनुसार, त्यसक्रममा ‘बीचबाटो चन्द्रौटामा पुग्दा आफु अप’हर’णमा परेको, गाडीको चाबी लिएर कोठामा थु नी राखेको’ जानकारी दिएपछि प्रहरीले उक्त घटनाको अनुसन्धानमा सक्रिय भएको हो । ‘शनिवार खोजीका क्रममा फुल्टेक्रा स्थित आफ्नै डेरामा महिला फेला पछि खुल्यो सबै कुरा कथानक रहेछन्,’ प्रहरीले कानुनी कारबाही अगाडी बढाएको जानकारी दिंदै भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *