आज लोकप्रिय नायिका निता ढुंगानाको जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

काठमाडौं – लोकप्रिय नायिका निता ढुंगानाको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा नायिका ढुंगानालाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

छोटो समयमा नेपाली चलचित्र क्षेत्रमा आफ्नो अलग स्थान बनाउन सफल सुन्दरी निताले कोरोना कहरका कारण यो वर्ष घरमा नै आफ्नो जन्मदिन मनाउने तयारी गरेकी छिन् । नायिका निता ढुंगाना निकट भविष्यमा नै सिनेमा निमार्णमा हात हाल्दै छिन् ।

जसको घोषणा उनले अघिल्लो वर्षको जन्मदिनमा गरेको भएता पनि पछिल्ला दिनमा कोरोना कहरका कारण वातावरण प्रतिकुल बनिरहेको छ । उनले निता फिल्मस् प्रोडक्शन हाउस स्थापना गरिसकेकी छिन् ।

तर सिनेमा निर्माणको काम भने अगाडी बढाएकी छैनन् । चाँडै सिनेमा निर्माणमा उत्रने उनको भनाई रहेको छ । नाम चलेका ठुला व्यानर र निर्माता निर्देशकसँग काम गरिरहेकी नितालाई ओएस नेपालको तर्फबाट जन्मदिनको शभुकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *