शौचालय जान बाहिर निस्केकी किशोरीलाई फिल्मी तरिकाको घटना

काठमाडौ । शौचालय नहुँदा किशोरीहरु असुरक्षित हुने गरेको घटना सप्तरीमा भएको छ । एक १७ वर्षकी किशोरी माथि अनैतिक काम भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकामा १७ वर्षीया किशोरी आइतवार राति शौचालय जान घर बाहिर निस्किइन्। घरमा शौचालय नभएका कारण रातको ९ बजे निक्लिएका सुस्त मनस्थितीकी किशोरीलाई २१ वर्षीय एक युवकले च्याप्प समाते। उनको मु खमा गम्छाले बाँ धेपछि दुई जना साथीलाई फोन गरेर बोलाए। मोटरसाइकलमा आएका उनीहरुसहित मिलेर किशोरीलाई खेतमा लगेर अनैतिक काम गरे ।

प्र ति वाद गर्दा किशोरीको हातमा चोटपटक लागेको चिकित्सकहरुले बताएका छन्। आफु माथि अनैतिक काम गरेको भन्दै प्रारम्भिक बयान दिएकी किशोरीले आरोपितमध्ये २ जनालाई पहिचान गरेकी छिन्। उनलाई उपचारका लागि राजविराज लगिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

उजुरी आएलगत्तै किशोरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर रामराजा केशरीले बताए। घटना पछि युवाहरुले किशोरीलाई बिहान ३ बजे मोटरसाइकलमा घर नजिकै ल्याएर छाडेको उपचारका लागि सँगै राजविराज आएकी आमाले बताइन्। पक्राउ नपरेकाले आरोपितहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन। अन्नपुर्णपोष्टमा मनोहर पोखरेलले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *