पाँच सय रुपैयाँको नोटमा प्रेमपत्र ,‘तिम्रो यादमा कुनै दिन दिइएको यो चिनो, तिम्ले मलाई फर्काइदियौ…

काठमान्डौ, ‘तिम्रो यादमा कुनै दिन दिइएको यो चिनो, तिम्ले मलाई फर्काइदियौ । यस चिनोलाई सम्हालेर राख्नू ल ।’पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिरअंकित पाँच सय रुपैयाँको नोटमार्फत यस्तो अनुरोध गरिएको छ । पाँच सय रुपैयाँ नोटको पछाडिपट्टि बायाँ भागमा यस्तो अनुरोध गरिएको हो । सोही नोटको बीचमा रुपैयाँ पाँच सय लेखिएको तलपट्टि ‘मात्र तिम्रो लागि’ उल्लेख छ भने रुपिज फाइभ हन्ड्रेडमाथि ‘अस्मि प्रज्ज्वल’ लेखिएको छ ।

पहिलो अनुच्छेदमा उल्लेख कारुणिक अनुरोध अस्मि र प्रज्ज्वलबीचको हो । तर, दुईमध्ये कसले लेखका हुन् भन्न सकिँदैन । सोही नोटको अग्रभागको ज्ञानेन्द्र शाहको तस्बिरमाथि ‘डेट : २१–०७–२०१९’ उल्लेख छ । ज्ञानेन्द्र शाहको तस्बिरमुनि प्रज्ज्वल एन्ड अस्मि लेखिएको छ ।यसैगरी, सोही नोटको अग्रभागकै बीचमा श्री नेपाल राष्ट्र बैंक लेखिएको माथिपट्टि ‘हाम्रो यो चिनो जुनीजुनीको लागि’ उल्लेख छ भने रुपैयाँ पाँच सय लेखिएको दायाँपट्टि मुनिबाट अस्मि उल्लेख छ ।सोही नोटको दायाँपट्टि ‘पी’ र ‘ए’ को बीचमा पानको पात बनाइएको छ । त्यसकै मुनि अंग्रेजीमा ‘अस्मि’ लेखिएको छ। त्यो भन्दा तल ‘आई लभ’ लेखिएको प्रस्ट देखिए पनि बाँकी अक्षर बुझिँदैन ।

त्रिधार्मिक स्थल हलेसी खोटाङ आइपुगेका अस्मि वा प्रज्ज्वलले यो रुपैयाँ हलेसीमा च’ढाएको हुनुपर्छ । हलेसीमा च’ढाइएको रुपैयाँ संकलन गरेर श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति सम्बद्धले भेटी गन्दा यो रुपैयाँ फे’लापारेका हुन् । रुपैयाँ फेलापारेपछि त्यहाँ लेखिएको अक्षर पढ्दै हँ’सिमजाक गरिएको थियो भने रुपैयाँको फोटोसमेत खिचिएको थियो ।लेख्नेले नोटमा नाम, ठेगाना, टेलिफोन नम्बर, मोबाइल नम्बर, प्रेमपत्र लेख्दै आएका छन् । कतिपयले त भेट्ने ठाउँ पनि उल्लेख गरेका हुन्छन् । लेख्नेले लेखिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले नोटमा केरमेट गर्न हुँदैन भनिरहेकै छ । उसले नोट ज’तन गरेर चलाउन आह्वान गर्दै आएको छ । तर, सुनुवाइ भएको देखिँदैन । मु’लुकी अ’पराध (सं’हिता) ऐन २०७४ मा नोटमा केरमेट गर्नेलाई पाँच हजार रुपैयाँ ज’रिवाना र तीन महिना सम्म जे’ल हाल्ने लेखिएको छ । ऐ’नको द’फा २६३ मा उल्लेख छ, ‘नोटमा लेख्न वा को’र्न हुँदैन । त्यसो गरेको भेटिए क’सुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कै’द र पाँच हजार रुपैयाँसम्म ज’रिवाना हुनेछ ।’नोटमा के’रमेट गर्नेलाई क’डिकडाउ गरिए पनि लेख्नेले लेख्न छाडेका छैनन् ।

आफूले कसैलाई दिएको नोट आफैंसम्म आइपुग्छ कि पुग्दैन होला भनेर परीक्षण गर्नकै लागि कतिपयले केही न केही लेखिरहेका हुन्छन् ।संवत् २००२ देखि नेपाली नोट प्रचलनमा आएको हो । त्यहाँदेखि यहाँसम्म आइपुग्दा विभिन्न दरका नोट प्रचलनमा आएका छन् ।लेख्नेले नोटमा लेखिरहेका छन् । कतिपयले नजानिँदोपाराले नोटमार्फत आफ्नो विज्ञापन गरिरहेका हुन्छन् । कतिपयले मुक्तक, सायरी लेख्न पछि परेका हुँदैनन् । कतिपयले के–के, के–के लेखिरहेका हुन्छन् । नोटमा फोन नम्बर लेखेकै भरमा थुप्रै साथी बनाइसकेको कतिपयले सुनाउँछन् ।

‘सम्बन्धित मानिसले आफ्नो अभिव्यक्ति फरक–फरक ढंगले अभिव्यक्त गरिरहेका हुन्छन् । कतिपयले बाँसमा लेखेर भावना पोख्छन् । कसैले सञ्चारमाध्यमबाट,’ मु’न्दुम अध्येता भोगीराज चाम्लिङको ठम्याइ छ, ‘कसैले नोटमार्फत आफ्नो भावना सार्वजनिक गर्छन् । सम्बन्धित मानिसले आफ्नो भावनाको सामाजिक आयातन खोज्छन् । आफ्नो भावना धेरैभन्दा धेरैमा पुगोस् भनेर नोटमार्फत अभिव्यक्त गर्नेले गरिरहेका हुन्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *