नेपालमा आज थप १२०१ जनामा कोरोना पुष्टि

काठमान्डौ , नेपालमा आज थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा आज १०१७६ जनाको पीसीआर परीक्षण गर्दा १२०१ जनामा कोरोना पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १५२६० रहेको छ ।यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना जि’तेर डि’स्चार्ज भएका छन्।

योसँगै कुल डि’स्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ। यो डि’स्चार्ज हुनेको ७० दशमलव ६ प्रतिशत हो। त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको ज्यान गएको छ ।स्वास्थ्य मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार आज १४ जनाको कोरोना सं’क्रमणबाट ज्यान गएको पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *