मोटी भएकै कारण ब्वाइफ्रेन्डसँग ब्रेकअप भएपछि सुजनाले घरमै घटाइन् ६ महिनामा ३६ केजी

तनहुँ। विमलनगरकी सुजना श्रेष्ठ स्टन्ट राइडर हुन्। सन् २०१५ मा ‘मिस तनहुँ’ बनेकी उनको वजन केही महिना अगाडिसम्म १ सय १ केजी थियो। अहिले आफ्नो वजन घ’टाएर उनले ६५ केजीमा झारेकी छिन्। उनी बस्ने ठाउँमा जिमको सुविधा छैन। उनले घरमै छ महिनामा ३६ किलो वजन घ’टाएकी हुन्। सानोमा म एकदमै दुब्लो थिएँ। कक्षा ११ मा हुँदा सवारी दु’र्घटनामा परेँ। बेड रेस्ट गर्नुप¥यो। खानपानमा कन्ट्रोल भएन। घरमै रेस्टुरेन्ट थियो। मीठो–मीठो खानेकुरा पाक्थ्यो।

जे पनि खाइदिन्थेँ। रेस्टुरेन्टमा मीठोमसिनो पाक्दा मन थाम्नै सक्दिनथेँ। खाने काम मात्रै भयो, एक्सरसाइज केही भएन। खानपान र अल्छीपनले मोटाउँदै गएँ। सबैले मलाई मोटी भन्न थाले। छरछिमेकले ‘छोरी धेरै मोटाई, दुब्लाउन लगाउनु न’ भन्दै आमाबुबालाई सल्लाह दिन्थे।

ब्वाइफ्रेन्डसँग ब्रे’कअप

पाँच वर्षअघि म प्रेम सम्बन्धमा थिएँ। त्यो बेला मेरो तौल ७५ केजी थियो। ब्वाइफ्रेन्डले मेरोअगाडि कहिल्यै मलाई मोटी भनेन। खासमा भन्ने हो भने मेरो मोटोपनबारे केही कुरै हुँदैनथ्योे। तर, मेरोपछाडि साथीहरूसँग यस्तो कुरा गर्ने रहेछ। मलाई मोटी भन्ने रहेछ।

एक पटक उसले मलाई मोटी भनेर साथीहरूसँग खिल्ली उडाएको थाहा पाएँ। एकदमै नरमाइलो लाग्यो। उसका लागि दुब्लाउने कोसिस नगरेका होइन तर पछि शरीर हेरेर माया लगाउनेका लागि किन दुब्लाउने भन्ने लाग्यो। जस्तो छु, त्यस्तै ठीक छु भन्दै वास्ता गरिनँ। पछि हाम्रो ब्रे’कअप भयो। म मोटी भएकै कारण हाम्रो ब्रे’कअप भएको हो भन्दा नि हुन्छ।

जहाँ पनि मोटी

सन् २०१५ मा ‘मिस तनहुँ’ हुने भयो। मलाई भाग लिने हुटहुटी चल्यो। टे«निङमा गएँ। एक्सरसाइज गरेर १० केजी वजन घटाएँ। ७५ केजी तौललाई ६५ बनाएँ। मिस तनहुँको उपाधि पनि जितेँ। खानपिनमा ध्यान दिन छोडियो। फेरि १ सय १ केजी तौल पुग्यो।

मलाई बाइक स्टन्ट खूब मन पथ्र्यो। स्कुल पढ्दाताकादेखि नै बुबाको बाइक चलाउँथेँ। पछि त्यसैमा स्टन्ट गर्न थालेँ। स्टन्ट गर्दागर्दै त्यसमै लाग्ने सोच बनाएँ।

मलाई साहसिक खेलमा पनि रुचि छ। सन् २०१७ मा मैले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘पल्सर डियर भेन्चर सिजन–२’ र हिमालय टेलिभिजनबाट प्रसारण हुने ‘हिमालय रोडिज’को पहिलो सिजनमा भाग लिएँ। डियर भेन्चरमा टप सेभेनसम्म पुगे भने रोडिजमा टप फाइभसम्म।

ती प्रतियोगितामा भाग लिँदा म मोटी थिएँ। तर, मलाई आफ्नो वजन १ सय १ केजी भएकोमा मतलब थिएन। जब टिभीमा आफूलाई देखेँ, छक्क परेँ। मैले आफू त्यति धेरै मोटी हुँला भनेर सोचेकै थिइनँ। त्यसमाथि युट्युबमा मानिसहरूको कमेन्टले मलाई झन् रन्थनायो।

आफूले गरेको सोमा के कस्तो कमेन्ट आयो भनेर हेरेको त अधिकांश कमेन्टमा ‘मोटी रोडिज’, ‘यो केटी हुँदै भएन, यसलाई हटाइहाल’, ‘यो केटी कसरी छनोट भई’, ‘हात्ती’ भनेर लेखिएको रहेछ। एकदमै चि’त्त दुख्यो। रोडिजमा यत्तिकै सेलेक्ट भएको थिइनँ।

फिजिकल टास्क देखाएर छनोट भएकी थिएँ। तर, हाम्रोमा मोटो मान्छेलाई हेर्ने दृष्टिकोण नै फरक छ। ती कमेन्ट पढेर कहिलेकाहीँ बालै भएन भन्ने लाग्थ्यो। तर, कहिले चाहिँ यिनीहरूलाई केही गरेरै देखाउँछु भन्ने लाग्थ्यो।

मान्छेहरूको ‘कति मोटाएको रु’ भन्ने प्रश्नबाट वा’क्कदिक्क भएँ। झण्डै डि’प्रेस्ड भइनँ। घरबाहिर निस्कनै नहुने। जो भेट्यो यहीँ मात्र प्रश्न गथ्र्यो– ‘कति मोटाएको रु’

रोडिजको यात्रा सकिनेबित्तिकै वर्कआउट सुरु गर्ने निधो गरेँ। मेरो एरियामा जिमखाना थिएन। घरमा इन्टरनेट थियो। घरमै एक्सरसाइज गरेर तौल घटाउने योजना बनाएँ। वजन घटाएका विदेशीहरूको ट्रान्सफर्मेसन भिडियो युट्युबमा हेर्न थालेँ।

त्यो हेरेपछि केही आँट आयो। गर्न सक्छु भन्ने लाग्यो। मैले आफ्नो शतप्रतिशत दिएँ। युट्युबमा धेरै रिसर्च गर्न थालेँ। के खान हुन्छ, के हुँदैनदेखि शरीरको कुन अंगका लागि कस्तो खालको एक्सरसाइज सबै भेला पारेँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *