श्रीमानको मृत्युपछि श्रीमतीलाई भेट्न रातभरी केटाहरुको लाइन, हेर्नुहोस यी महिलाको दर्दनाक पिडा

बुटवल ११ मझुवा स्थित यि महिला आफैमा दुखि छन् । श्रीमान साथमा छैनन् । साना छोराछोरीसंग बसेकी ति महिलालाई संरक्षण गर्ने कोही छैनन् । पानी चुहिने झुपडीका बसेकी यि महिलालाई पुरुषले यति सताएकी कोही सहयोगका लागि भन्दै जाँदा पनि उनी डराइन् । भिडियो बनाउन गएका युट्युवर जाँदा पनि शुसिला विक डराइन् । श्रीमान वितेर एक्लिएकी महिला देखेर उनको झुपडीमा टोलका पुरुषको भिड लाग्छ ।

साँझ पर्न पाएको हुँदैन पुरुषको लाइन उनको झुपडीमा लाग्ने गरेको छिमेकी महिलाले बताएका छन् । यति धेरै दिन परेको वर्षा उनको कोठाभित्र सिधै पानी पर्छ । एउटा छोरा पनि केही वर्ष देखि सम्पर्कमा छैनन् । काखमा अर्को सानो छोरा छ । घरमा खानेकुरा नभएपछि जेठो छोरा पनि घर छोडेर हिडेका हुन् । जिवनमा निकै दुख भोगेकी यि महिला अहिले मानसिक रुपमा पनि विरामी छन् ।

विरामी रहेका उनका श्रीमान पनि दुई वर्ष अघि निधन भएको हो । ३ सन्तानको आमालाई अहिले आफ्नो जिवन चलाउन पनि कठिन छ । छोरा हराएको पनि डेढ वर्ष भइसक्यो । उनी फर्केर आएका छैनन् । अहिले आश्रय लिएर बसेको झुपडी पनि उनको होइन । पानी पर्दा उनको विस्तरा सिधै भिज्छ । खान भनेर कसैले सहयोग दिएको चामल पनि पकाएर खान मिल्ने पनि छैन । सबै भिजेको छ झुपडीमा खाने अरु कुरा केही पनि छैन ।

काखमा भएको बच्चा पनि भोकै छन् । बोल्दा पनि उनको आवाज पनि आउँदैन । केही कुरा सोध्दा पनि उनी डराउँछिन् । छिमेकी महिलाले साँझ पर्न नपाउँदै उनको झुपडीमा केटाहरुको लाइन लाग्ने गरेको बताएकी छन् । आफुहरुले देख्दा उनीहरुलाई भगाउने गरेको पनि बताइन् । अर्की महिला भन्छिन्, हामीलाई देख्न पनि लाज भइसक्यो । सबैको मन राम्रो हुँदैन । यि बहिनीलाई जोगाउन पनि कठिन छ ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *