‘मलाई कुट्ने श्रीमती साथीले लगिदियो आनन्द भाछ, २२ वटा टिसर्ट फाटेको छ’ (भिडियो हेर्नुस्)

काठमाडौ । रुपन्देहीमा कृष्ण, राधा र सुनिलको घटनाले अहिले चर्चा पाएको छ । कृष्णको श्रीमती उनकै साथी सुनिलले लगिदिएपछि कृष्णले श्रीमती खोजीपाउँ भन्दै प्रहरीमा निवेदन दिएका थिए । एक छोरा समेत रहेका कृष्णलाई राधाले छोडेर सुनिल परियारले लगेका हुन् ।

उनीहरु लकडाउन हुनुभन्दा अघि संगै हिडेका थिए । श्रीमती गएपछि उनले आफ्नो पैसा हिनामिना भएको र त्यो पैसा आफुले फिर्ता पाउनुपर्ने माग राखेका थिए । छोरा समेत लिएर हिडेकी राधावाट आफ्नो छोरा फिर्ता पाउनुपर्ने पनि माग कृष्णको छ । त्यस्तै आफ्नो नाम रहेको उनको नागरिकता पनि खारेज गर्न माग राख्दै उनले प्रहरीमा उजुरी दिएका थिए ।

कृष्णका छोराले बाबा को हो भनेर सोध्दा सुनिललाई नै बाबा भनेर देखाउने गरेका छन् । छोरा ७ महिनाको हुँदा उनी विदेश गएका थिए । केही वर्ष पछि फर्केर आउँदा छोरा राम्रोसंग बोल्दा पनि बोलेनन् । त्यतीबेला नराम्रो लाग्यो । विदेशमा हुँदा कहिले काँही फोनमा बाबा मलाई मोवाइल ल्याइदिनु भनेर भन्ने गरेका थिए । श्रीमती लैजाने उनका साथी सुनिलका घर कृष्णकै घरवाट देखिन्छ । अहिले छोरा पनि राधाले नै राख्ने भएकी छन् ।

कृष्णले छोरा आफुसंग ल्याउन अदालत जानुपर्ने भएको छ । लामो समय हराएका राधा र सुनिल मिडियामा यसवारे घटना सार्वजनिक भएपछि उनीहरु काठमाडौवाट फर्किएका हुन् । अहिले उनीहरु गाउँमा आएपछि गाउँमा भेला बसेर कृष्णलाई सुनिल र राधाले ७ लाख २४ हजार रुपैया दिनुपर्ने सहमति भएको छ ।

कृष्णको श्रीमती लिएर गएका कारण म पैसा दिन्छु भनेर सुनिले भनेका छन् । यस अघि कृष्णलाई राधाले कु’ट्’ने गरेको बताएका छन् । राधाले कम्तीमा २०, २२ वटा टिसर्ट फाटेको छ । तर आफुलाई किन छोडेर गयो भन्ने आफुलाई थाहा नभएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *