मुक्तीनाथको मन्दिरमा १०८ धारा बनाउनुको र’हस्य खुल्यो! ॐ लेखी सेयर गर्नुहोस र पुण्य प्राप्त गर्नुहोस

चोखो मनले एक लाईक गरि सेयर गर्नुहोस भगवान छ्न !एक बाबाले खोले मुक्तिनाथ मन्दिरको रहस्य ! १०८ धारा नै किन ? मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ । बर्सेनी लाखौंको भिड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ ।

मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या र पूजा गर्छन । हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् । बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् । बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप धुँवार गर्छन । हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाए । यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका थिए ।

भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो ? ११ रोचक तथ्य: पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन्। आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई जन्मदेखि मृ’त्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।

१. बागमती जिल्लाको का.म.पा. वडा नं. ८ मा बागमती नदीको किनारमा रहेको यो मन्दिर २४० हेक्टरको (४,७९२ रोपनी) जग्गामा फैलिएको छ।२. पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्व सम्पदा क्षेत्रको सूची’मा (UNESCO World Heritage Site) पर्दछ। सन् १९७९ मा यूनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।

३. यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ, त्यसैले नै यहाँका सबै विशेषताहरू प्यागोडा शैलीमा नै रहेको पाइन्छ, जुन अति सुन्दर खुदी काठबाट बनेका छन्। यस मन्दिरको २ स्तरको छाना सुन र तामाले बनेको छ भने मूख्य ४ ढोकाहरू चाँदीका रहेका छन्। साथै मूख्य मन्दिरको गजुर सुनको रहेको छ।४. ‘पशुपतिनाथ’ खासमा भगवान शिवको नाम हो। अनेकौँ ग्रन्थ र वेदहरूमा शिवजीको नाम पनि अनेकौँ उल्लेख गरिएको छ, तर शिवजीको वास्तविक नाम ‘पशुपतिनाथ’ भएको शिवपुराणमा उल्लेख गरिएको छ।

५. पौराणिक कथाअनुसार महाभारतको यु’द्धपछि पाण्डवहरूले भगवान कृष्ण र भिष्मसँग यु’द्धमा आफन्तहरूको ह’त्या गरेकाले गोत्र ह’त्याको पापबाट मु’क्त हुनको लागि के उपाय गर्नुपर्ला भनेर सोधेका थिए। भगवान शिवको दर्शन गरेपछि मात्रै गोत्र ह’त्याको पापबाट मु’क्त हुन्छ भन्ने कुरा थाहा पाएपछि पाण्डवहरू शिवजीको दर्शन गर्न हिमालयमा गए।

पाण्डवहरू आएको देखेर भगवान शिव भैँसीको रूप धारण गरेर भैँसीको बथानमा लुकेका थिए। पाण्डवहरूले भैँसीरूपी शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैँसीरूपी शिव जमीनमुनि धा’स्सिएका थिए। यसरी शिवजी जमीनमा धा’स्सिएपछि भैँसीरूपी शिवको पुच्छर पाण्डवले स्पर्श गर्दा ‘केदारनाथ’मा केदारनाथ भगवान प्रकट भए भने भैँसीरूपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवानको रूपमा प्र’कट भएका थिए। यसरी पाण्डवहरूले प’शुरूपी शिवको पुच्छर स्पर्श गरेर गोत्र ह’त्याको पापबाट मु’क्त भएका थिए। यसरी पशुको रूप लिएर प्रकट भएको हुनाले नै भगवान शिवलाई ‘पशुपतिनाथ’ भनिन थालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *