श्रीमतीसँग टाढिएका भाइरल अर्जुनलाई अञ्जलीको साथ

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।

त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

यसै विच केहि समय अगाडि सामाजिक सञ्जाल र युट्युब भाइरल बनेका कैलालीका अर्जुन विकको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गितको म्युजिक भिडियो हेर्नुहोस् ।रोशन परियारको संगितमा ‘हासो संगै आँसु’ बोलको नयाँ लोकदोहोरी गित सार्वजनिक भएको छ । चर्चित गायक गायिका पुर्णकला बिसी, अर्जुन सापकोटा, बिक्रम क्षेत्रिको आवाजमा रहेको गितमा अमितबाबु रोकायको शब्द रहेको छ भने रोशन परियारको संगित रहेको छ ।

श्रीमतीले छाडेर गएपछि पिठ्युँमा छोरा बोक्दै राजधानीको व्यस्त सडकमा रिक्सा चलाउँदै गुजारा चलाईरहेका अर्जुन यतिबेला सेलिब्रेटी बनिसकेका छन् । मेसना म्युजिकको प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियो विक्रम चौहानको उत्कृष्ट निर्देशनमा तयार पारिएको र गितको म्युजिक भिडियोमा लोकप्रिय कलाकार अञ्जलि अधिकारी अर्जुन बिक निशा राइको अभिनय देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *