लकडाउनमा घरमै बोल्ड अदिति हेर्नुहोस केही तस्बिर सहित

नेपाली चलचित्र ‘कृ’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् अदिति बुढाथोकी

उनले भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’मा मेगा स्टार अनमोल केसीसँग नेपाली चलचित्रमा पाईला टेकेकी हुन् ।

उक्त चलचित्रले बक्स अफिसमा दमदार कलेक्सन गरेर सुपरहिट साबित भइसकेको छ ।उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन् ।

चलचित्र ‘कृ’ खेली सकेपछी उनको चर्चा परिचर्चा एकाएक चुलिएको छ भने दर्शकको मन- मुटुमा बसिसकेकी छिन् । उनको अभिनय र सुन्दरताले नेपाली युवाहरुलाई लठ्ठ बनाएकी छिन् ।

नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग अभिनय गरेपछि चर्चामा आएकी अदिति पछिल्लो समय फिल्मका कारण भन्दापनि आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन ।

कोरोना भाइरसको संक्रमणबाट देशलाई बचाउन सरकारले लकडाउन घोषणा गरेपछि अभिनेत्री अदिती बुढाथोकी घरभित्रै सीमित भएकी छन् । भारतको मुम्बई बसेर बलिउड प्रवेशका लागि संघर्ष गर्दै आइरहेकी उनी एक फिल्ममा अभिनय गर्नका लागि गएको महिना नेपाल आएकी थिइन् । तर, उनी नेपाल आएको केही दिनमा नै देश लकडाउन भयो र उनी घरभित्रै नजरबन्द भइन् ।

नौं लाखभन्दा बढी फलोअर्स रहेको इन्स्टाग्राममा निकै सक्रिय रहने अदिती दैनिकजसो आफ्ना ‘हट एण्ड बोल्ड’ तस्विरहरु शेयर गरिरहेकी हुन्छिन्

लकडाउनको समयमा भने उनले घरभित्रै खिचेका तस्विरहरु पोस्ट्याउने गरेकी छन् । बिहीवार उनले घरको छतमा वर्कआउट गरिरहेको आफ्ना केही तस्विरहरु शेयर गरेकी थिइन् । जसमा उनको शरीर निकै फिट देखिएको छ ।

घरमै समय बिताइरहेकी अदितिलाई सामाजिक सञ्जालमा सक्रिय भइरहन्छिन् । उनले पनि सामाजिक सञ्जालमा निरन्तर जसो तस्वीर शेयर गर्ने गर्छिन् साथसथै ब्यायम, योग, ध्यान गरेर स्वस्थ रहन र समयको सदुपयोग गर्न फ्यानहरूलाइ सुझाव दिइरहन्छिन ।

नेपाली चलचित्रमा आउनु भन्दा पहिला उनी भारतीय म्यजिक भिडियोमा मोडलिङ गर्दै आएकी थिइन् । उनले भारतीय म्यजिक भिडियो “उम्मिद” र ‘मे तेरा हो गया’ मा अभिनय गरेकी छिन् ।

उनी पछिल्लो समयमा विविध बिषयले चर्चामा आएकी हुन्छिन् । कहिले अनमोललाई लिएर त कहिले उनको सुन्दरता र गेटपलाई लिएर भारतीय र नेपाली मिडिया, सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् ।

५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए ।
त्यसपछि उनले टीभीसी एड तथा पेपर एडहरूमा अवसर पाइरहिन् भने र्‍याम्प वर्क तथा फोटो सुट आदि पनि गरिरहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *